‘कता हो’ ले जित्यो वर्ल्ड समिट अवार्ड

Technology Khabar २९ चैत्र २०८१, शुक्रबार

काठमाडौं ।

 

नेपालको डिजिटल ठेगाना प्रणाली ‘कता हो’ ले वर्ल्ड समिट अवार्ड पाएको छ। नेपालबाट यसअघि सन् २०२२ मा नागरिक एपले गर्भमेन्ट एण्ड सिटिजन इन्गेजमेन्ट विधामा यस्तो पुरस्कार प्राप्त गरेको थियो।

नेपालमा प्रविधि र नवप्रवर्तनको क्षेत्रमा काम गरिरहेका नेपाली अनुसन्धानकर्ता रामलक्ष्मणको समूहले तयार गरेको यो डिजिटल ठेगाना प्रणालीले स्मार्ट सेटलमेन्ट एण्ड अर्वनाइजेसन विधामा छनौट भई पुरस्कार प्राप्त गरेको हो।

यसले संयुक्त राष्ट्र संघले अघि सारेका दिगो लक्ष प्राप्त गर्नका लागि नवप्रर्वतनको माध्यमबाट विकाश भएका उत्कृष्ट प्रविधिहरुको चयन गरी हरेक वर्ष पुरस्कार दिने गर्छ। हालै यसको आधिकारिक वेभ साइटमार्फत् पुरस्कार घोषणा गरेको हो। यस वर्ष सो पुरस्कार समारोह २०२५ अप्रिल ६ देखि ९ सम्म तेलंगना स्टेटको सहकार्यमा भारतको हैदरावाद स्थित टिहबमा मा भएको थियो।

‘कता हो’ ठेगाना प्रणालीले नेपालभरको जुनसुकै स्थानको ठेगाना कोड तयार गरेको छ। अफलाइनमै ठेगाना कोड खोज्न सकिने यो प्रणालीमा ४०० वटा शब्द र अंकको संयोजन गरी ३ सेकेण्ड भित्र कुनै स्थानको कोड बोलिकै माध्यमबाट शेयर गर्न सकिन्छ। यो प्रणाली प्रयोग गरी हालसम्म १० हजार  भन्दा बढिले ठेगाना पाटी तयार गरिसकेका छन्।

‘कता हो’ डिजिटल ठेगाना प्रणालीसँग ‘कारोबारमार्ट’ इमप्लिमेन्टिङ पार्टनर रूपमा जोड़िएको छ।  आगामी वैशाखदेखि देशव्यापी रुपमा सेवा विस्तार गर्ने गर्नेक्रममा दुवैले मिलेर काम गर्ने भएका छन्।

प्रकाशित: २९ चैत्र २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया