ब्रिजस्टोनले “लुनार रोभर्स”को लागि मेटल ह्विल्स अनावरण गर्यो

  • Technology Khabar | २७ चैत्र २०८१, बुधबार
ब्रिजस्टोनले “लुनार रोभर्स”को लागि मेटल ह्विल्स अनावरण गर्यो

काठमाडौं ।

टायर जायन्ट ब्रिजस्टोन चन्द्रमा यात्रा गर्नको लागि भनेर केही आफ्नो मेटल ह्विल अवधारणाहरू प्रस्तुत गरेको छ।

कम्पनीको पछिल्ला सिर्जनाहरू “अवास्तविक” जस्तो देखिए पनि तिनीहरू साना र मध्यम आकारका “लुनार रोभर्स” लाई समर्थन गर्न डिजाइन गरिएको उल्लेख छ।

“दोस्रो पुस्ताको लुनार ह्विल्स” भनेर चिनिने ती पाङ्ग्राहरू पूर्ण रूपमा स्टीलबाट बनेका छन् भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

टायरले चन्द्रमाको कठोर अवस्थामा काम गर्दैनन्। साथै यो अत्यधिक तापक्रम र अल्ट्रा भोइलेट रेहरू) प्रति धेरै संवेदनशील हुने बताइएको छ जुन चन्द्रमामा प्रचुर मात्रामा पाइने उल्लेख गरिएको छ।
त्यसका साथै, रबर कम्पाउन्ड नबिग्रिए पनि, यो अत्यन्तै भारी र लचिलो नहुने उल्लेख गरिएको छ।

यस बाहेक नियर–भ्याकुम स्पेस (लगभग खाली ठाउँ) मा हावाले भरिएको टायरले राम्रोसँग काम नगर्ने भएकोले ह्विल पाङ्ग्रा नै चाहिने उल्लेख गरिएको छ।

ब्रिजस्टोनले अप्रिल ७ देखि १० तारिखसम्म कोलोराडो स्प्रिंग्समा हुने ४० औं स्पेस सिम्पोजियममा आफ्नो नवीनतम स्पेस (अन्तरिक्ष) टायरहरू प्रदर्शन गर्नेछ।

कम्पनी जापान एयरोस्पेस उद्योग प्रदर्शनीको भागको रूपमा उपलब्ध हुने टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २७ चैत्र २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...