एप्पल र गुगल न्यूजमा अझ प्रष्ट ‘क्रेडिट’ माग्दै बीबीसीद्वारा बेलायतको प्रतिस्पर्धा नियामकमा उजुरी

  • Technology Khabar | २६ चैत्र २०८१, मंगलवार
एप्पल र गुगल न्यूजमा अझ प्रष्ट ‘क्रेडिट’ माग्दै बीबीसीद्वारा बेलायतको प्रतिस्पर्धा नियामकमा उजुरी

काठमाडौं ।

ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेशन (बीबीसी) ले एप्पल न्यूज र गुगल न्यूजजस्ता समाचार संकलक प्लेटफर्महरूले आफ्ना समाचार सामग्रीमा श्रेय दिने तरिका न्यून राखेको भन्दै युकेको प्रतिस्पर्धा तथा बजार प्राधिकरण (सीएमए) मा उजुरी दिएको छ।

एप्पल इन्साइडरको रिपोर्ट अनुसार बीबीसीले सीएमएसँग एप्पल र गुगलजस्ता प्लेटफर्महरूले समाचार स्रोतलाई अझ प्रष्ट र प्रमुख रूपमा श्रेय दिनुपर्ने माग गरेको छ।

सीएमएको निर्णय बेलायती प्रकाशनहरूमा मात्र लागू हुने भए पनि ती कम्पनीहरूले आफ्नो प्रणालीमा कुनै परिवर्तन गरेको खण्डमा भने त्यसको प्रभाव अन्य देशका प्रकाशनमाथि पनि पर्न सक्ने टेकक्रञ्चले उल्लेख गरेको छ।

बीबीसीले उजुरीमा लेखेको छ, “यदि दर्शकहरूले हाम्रो सामग्री र सेवाबाट मूल्य प्राप्त गर्छन् तर त्यो मूल्य एप्पल वा गुगलजस्ता गेटकीपरहरूलाई श्रेय दिन्छन् भने, त्यो बीबीसीको मूल्य र महत्व घटाउने काम हो।”

बीबीसीका लागि यो “धारणा आधारित मूल्य” अझै महत्वपूर्ण छ, किनभने संस्थाले आफ्नो अधिकांश आय बेलायती घरधुरीहरूले तिर्ने लाइसेन्स शुल्कबाट प्राप्त गर्छ। त्यसैले बीबीसी को काम प्रस्ट रूपमा देखिनु र मूल्यांकन हुनु आवश्यक छ ताकि उक्त शुल्कप्रणालीको समर्थन कायम रहोस्।

यसअघि, बीबीसी र अन्य प्रकाशन संस्थाहरूको गलत सूचना र अचुकता सम्बन्धी गुनासोपछि एप्पल ले आफ्नो एआई-आधारित समाचार सारांश सेवा अस्थायी रूपमा रोकिएको घोषणा गरेको थियो।

प्रकाशित: २६ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Ncell extends free services in flood-affected areas for another seven days

  • Technology Khabar
  • २६ चैत्र २०८१, मंगलवार