
काठमाडौं ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा गरेको नयाँ विश्वव्यापी करले अमेरिकी बजारमा एप्पल र सामसङको लागि निराशाजनक अवस्था तयर गर्ने भएको छ। यस क्षेत्रका सबैभन्दा ठूला यी दुई स्मार्टफोन ब्रान्डहरूलाई परिवर्तनहरूले कडा असर पार्न सक्ने बताइएको छ।
एप्पल र सामसङले उच्च अमेरिकी करको सामना गर्नुपरेको छ। मोबाइलवर्ल्डलाइभ सँग विवरण साझा गर्दै सीसीएस इनसाइटका प्रमुख विश्लेषक बेन वुडले दक्षिण कोरियाली र क्युपर्टिनोमा आधारित जायन्टहरूले भारी अमेरिकी करको सामना गर्न सक्ने बताएका छन्।
डोनाल्ड ट्रम्पले सन् २०२५ को अप्रिल २ तारिखमा पछिल्लो विश्वव्यापी करको खुलासा गरेको छन् जसको परिणामस्वरूप अमेरिकी उपभोक्ताहरूले उच्च मूल्यको सामना गर्नुपर्ने हुन सक्छ। “अमेरिकामा स्मार्टफोन बजार हिस्साको हिसाबले एप्पल र सामसङ दुई ठूला ब्रान्ड हुन्” वुडले भने। त्यसैले यी दुई कम्पनी यी करहरूबाट कडा मारमा पर्न सक्छन् किनकि तिनीहरू भियतनाम र चीन जस्ता विदेशी उत्पादनमा धेरै निर्भर रहेको छन्।
भियतनाम र चीन म्यानुफ्याक्चरिङ हब (उत्पादन केन्द्र) को रूपमा चिनिन्छन् भने यी राष्ट्रहरू ट्यारिफ रेट्स (कर दरहरू) को सूचीमा पनि शीर्ष स्थानमा रहेको छन्। चीन ३४ प्रतिशत करको मारमा परेको छ भने भियतनामले ४६ प्रतिशत करको सामना गर्ने भएको छ।
अमेरिकी राष्ट्रपतिले अन्य सबै शुल्कहरूलाई विचार गर्दा चीनको समग्र संख्या बढी हुन सक्छ भनि थप उल्लेख गरेका छन्। यसमा चाँडै नै केही परिवर्तन भएन भने आयातको लागतमा गरिएको वृद्धिले उपभोक्ताहरूलाई असर गर्न सक्ने बताइएको छ। एप्पल र सामसङ दुवैको नाफा मार्जिनमा पनि असर पर्ने बताइएको छ भने उपभोक्ताहरूले यी अतिरिक्त लागतहरूलाई कम गर्न मद्दत गर्न सक्ने उल्लखे गरिएको छ।
सामसङ र एप्पल दुवैले चीनबाट आफ्नो उत्पादन टाढा सरेर चीनमाथिको निर्भरता कम गर्ने प्रयास गरिरहेका छन्। चीनका केही विकल्पहरूमा भियतनाम र भारत दुवै समावेश छन्। भारतले २६ प्रतिशत ट्यारिफको सामना गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २४ चैत्र २०८१, आईतवार