ताजा समाचार

सरकारले जारी गर्यो पत्रकारिता क्षेत्रमा आर्थिक सहयोग गर्नेसम्बन्धी दिग्दर्शन, कस्ता कार्यक्रमका लागि पाइन्छ सहयोग?

सरकारले जारी गर्यो पत्रकारिता क्षेत्रमा आर्थिक सहयोग गर्नेसम्बन्धी दिग्दर्शन, कस्ता कार्यक्रमका लागि पाइन्छ सहयोग?
सञ्चार तथा सूचना प्रविधि मन्त्रालय। फाइल तस्बिर
Global IME Bank

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले पत्रकारितासँग सम्बन्धित संघसंस्थाहरुलाई अनुदान तथा आर्थिक सहयोग वितरणसम्बन्धी दिग्दर्शन २०८१ जारी गरेको छ।

मन्त्रालयले प्रचलित कानून बमोजिम दर्ता भई पत्रकारिताको क्षेत्रसँग सम्बद्ध संस्थाहरूको विकासमा सहयोग पुर्याउन नेपाल सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मार्फत उपलब्ध गराउने अनुदान तथा आर्थिक सहायता रकमको बाँडफाँड र खर्च प्रक्रियालाई सुव्यवस्थित, पारदर्शी, प्रभावकारी र नियमित बनाउने उद्देश्यले सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग गरी यो दिग्दर्शन जारी गरेको बताएको छ।

कस्ता कार्यक्रमका लागि दिइन्छ आर्थिक सहयोग?

दिग्दर्शनको दफा ४ मा अनुदान वा सहायता रकमबाट सञ्चालन गर्न सकिने कार्यक्रमहरूको सूची समावेश गरिएको छ। यस बमोजिम अनुदान तथा आर्थिक सहयोग प्राप्त गर्न चाहने संघ संस्थाले निम्न बमोजिमका कार्यक्रमहरू सञ्चालन गर्न सक्नेछन्:

(क) सूचना तथा सञ्चार एवम् पत्रकारिता सम्बद्ध नीति तथा कानूनको कार्यान्वयनमा सहयोग पुग्ने कार्यक्रमहरू

(ख) आमसञ्चार तथा पत्रकारिता क्षेत्रको विकास एवम् विस्तारमा टेवा पुग्ने र सूचना प्रविधिले सिर्जना गरेका अवसरसँगै नवीनतम प्रवृत्ति सम्बोधन हुने ठोस कार्यक्रम

(ग) सञ्चारकर्मी/पत्रकारको क्षमता विकास सम्बन्धी तालिम, गोष्ठी, सेमिनार, अभिमुखीकरण, कार्यशाला सञ्चालन सम्बन्धी कार्यक्रम

(घ) आमसञ्चार सम्बन्धी संस्थाको पूर्वाधार विकास र संस्थागत क्षमता वृद्धि सम्बन्धी कार्यक्रम

(ङ) आमसञ्चार तथा सूचना प्रविधिका क्षेत्रमा समावेशी (महिला / दलित / जनजाती/मधेशी /मुस्लिम/ अपाङ्ग) लगायत अन्य वर्ग र क्षेत्रको सहभागिता सम्बन्धी जनचेतनामूलक एवं सशक्तीकरण कार्यक्रम

(च) पत्रकारिता, आमसञ्चार र सूचना क्षेत्रको सम्वर्द्धन तथा प्रवर्द्धनमा प्रत्यक्ष सहयोग पुग्ने अन्य सिर्जनात्मक कार्यक्रम

Sajilo Visa
easy care