भाइरल फिचर ‘गिब्ली’को रोलआउट पछि च्याटजीपीटीको प्रयोगले तोड्यो रेकर्ड

  • Technology Khabar | २१ चैत्र २०८१, बिहीबार
भाइरल फिचर ‘गिब्ली’को रोलआउट पछि च्याटजीपीटीको प्रयोगले तोड्यो रेकर्ड

काठमाडौं ।

च्याटजीपीटीको ईमेज–जेनेरेसन टूल (तस्बिर–उत्पादन उपकरण) प्रयोग गरेर गिब्ली–शैलीको एआई आर्ट (कला) सिर्जना गर्ने उन्मादले गत हप्ता ओपनएआईको च्याटबटका प्रयोगकर्ताहरूको संख्यमा उल्लेखनिय रुपमा वृद्धि भएको छ। यसै कारणले गर्दा यसको सर्भरहरूमा समस्या उत्पन्न भएपछि सुविधाको प्रयोग अस्थायी रूपमा सीमित गरेको थियो।

भाइरल ट्रेण्ड (प्रवृत्ति) मा विश्वभरका प्रयोगकर्ताहरूले सामाजिक सञ्जालमा प्रसिद्ध जापानी एनिमेसन आउटफिट, स्टुडियो गिब्लीको ह्याण्ड–ड्रअन स्टायल (हातले कोरिएको शैली) मा आधारित तस्बिरहरूले भरिदिएका थिए। स्टुडियो गिब्लीको स्थापना “स्पिरिटेड अवे” र “माई नेबर टोटोरो” जस्ता चलचित्रहरूका लागि परिचित प्रसिद्ध निर्देशक हायाओ मियाजाकीले गरेका हुन्।

बजार अनुसन्धान फर्म सिमिलरवेबको तथ्याङ्क अनुसार, यस वर्ष पहिलो पटक औसत साप्ताहिक सक्रिय प्रयोगकर्ताहरूले १५ करोडको अंक पार गरेको बताइएको छ।

यसलाई दुई वर्ष भन्दा बढी समय अघि गरिएको च्याटजीपीटीको लन्च पछि पाँच दिनमा दस लाख प्रयोगकर्ताहरूको संख्यासँग तुलना गर्दै ओपनएआईका सीईओ साम अल्टम्यानले सोमबार एक एक्स पोस्टमा लेखे “हामीले अन्तिम घण्टामा दस लाख प्रयोगकर्ताहरू थप्यौं।”

सेन्सरटावरको तथ्याङ्क अनुसार, एआई कम्पनीले आफ्नो जीपीटी–४ओ (GPT-4o) मोडेलमा अद्यावधिकहरू लन्च गरेपछि सक्रिय प्रयोगकर्ताहरू, इन–एप सब्सक्रिप्सन आम्दानी र एप डाउनलोडहरू गत हप्ता अहिलेसम्मकै उच्च स्थानमा पुगेको छ। साथै यसले एडभान्स्ड ईमेज–जेनेरेसन (उन्नत तस्बिर उत्पादन) क्षमताहरू सक्षम पारेको छ।

विश्वव्यापी एप डाउनलोडहरू र च्याटजीपीटी एपमा साप्ताहिक सक्रिय प्रयोगकर्ताहरू अघिल्लो हप्ताको तुलनामा क्रमिक रुपमा ११ प्रतिशत र ५ प्रतिशतले बढेका छन् भने इन–एप खरिद आम्दानी ६ प्रतिशतले बढेको बजार इन्टेलिजेन्स फर्मले जनाएको छ।

ईमेज–जेनेरेसन टूलको लोकप्रियताको कारण ट्राफिकमा भएको स्पाइकसँगै च्याटबटले गत हप्ता ग्लिचहरू र कम–स्तरीय आउटेजहरूको श्रृंखलाको सामना गरेको छ।

“हामीले नियन्त्रणमा ल्याउँदैछौं, तर क्षमता चुनौतीहरूको सामना गर्दा ओपनएआईबाट नयाँ रिलीजहरूमा ढिलाइ हुने, केही कुराहरू बिग्रने र कहिलेकाहीं सेवा ढिलो हुने अपेक्षा गर्नुपर्छ” ओपनएआईका सह–संस्थापकले मंगलबार भने।

प्रकाशित: २१ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार