Technology Khabar १९ चैत्र २०८१, मंगलवार
काठमाडौं ।
निजी दूरसञ्चार कम्पनी एनसेलको सधैं अन रिन्यूअल प्याक प्रयोगकर्ता २ लाख नाघेका छन्। कम्पनीले उनसेलले आफ्ना ग्राहकहरुलाई दूरसञ्चार सेवाहरुमा सहज, सुलभ प्याकहरुका साथ सेवा प्रदान गर्दै देशको मोबाइल सेवा क्षेत्रमा उल्लेखनीय परिवर्तन ल्याउने उद्देश्य सहित फागुन दोस्रो हप्ता नयाँ प्रिपेड सेवाका रुपमा ‘सधैं अन रिन्यूअल प्याक’ सञ्चालनमा ल्याएको थियो।
सधैं अन प्याकको सफलतापछि सञ्चालनमा ल्याइएका रिन्यूअल प्याकहरुमार्फत ग्राहकहरुले बिना कुनै बाधा महिनाभरका लागि आफ्नो बजेट अनुसार विभिन्न अनलिमिटेड सेवाहरुको फाइदा लिइरहेका कम्पनीले जनाएङ्को छ।
रिन्यूअल प्याकको उद्देश्य नेपाली ग्राहकहरूलाई तुलनात्मक रुपमा महंगो पर्ने पे एज यू गो र बारम्बार लिनुपर्ने स–साना प्याकहरु प्रतिको निर्भरता हटाएर सधैं अन अर्थात कनेक्टेड रहन सक्षम बनाउनु रहेको बुझिएको छ।
यसमा प्रयोग हुन बाँकी डाटा, टक टाइम, र एसएमएस खेर जाँदैन। त्यस्ता सेवा, सुविधाहरु अर्को महिनाका सेवा, सुविधाहरुमा थप हुने व्यवस्था रहेको छ। यी प्याकहरूलाई सजिलै एनसेल एपमार्फत वा एष्ट्रिक्स १२३एष्ट्रिक्स९ह्यास डायल गरेर वा https:// ncellssa.page.link/1SHDXMo2rVVwjSow7 खरिद गर्न सकिन्छ।
सधैं अन रिन्यूअल प्याक अर्थात हरेक महिना ३० दिनमा नविकरण हुने यी प्याकहरुमा ग्राहकले पुरै एक महिनाको समयसीमासहित सेवा पहुँचबाट फाइदा लिन सक्छन्।
यसमा साधारण सधैं अन प्याकको २८ दिन भन्दा थप दुई दिन बढिको समयावधि रहेको छ। यी प्याकहरूमा यूट्युबमा अनलिमिट्ड भिडियो स्ट्रिमिङ सुविधा, रातको समयमा इन्टरनेट ब्राउजिङ तथा विभिन्न सामग्रीहरु डाउनलोड गर्न अनलिमिटेड नाइट डाटाको सुविधा रहेको छ र केही प्याकहरुमा ग्राहकहरुले आफ्ना
परिवारजन, साथीभाइ, र सहकर्मीहरूसँग महिनाभर जतिपनि कल गर्न मिल्ने अनलिमिटेड अल नेपाल टक टाइमको सेवा पाउँछन्।
यस अन्तर्गत एनसेलले बेस्ट रिन्यूअल प्याक, अनलिमिटेड प्याक र अन्य भ्वाइस र डाटा रिन्यूअल गरी तीन प्रकारका प्याकहरू सञ्चालनमा ल्याएको छ।
पहिलो बेस्ट अन्तर्गत कर सहित मासिक रु. ३९९, रु. ४९९, र रु. ५९९ का प्याकहरु रहेका छन् । यसमा भ्वाइस, डाटा, र एसएमएस साथै अनलिमिटेड यूट्युव, अनलिमिटेड नाइट डाटा समावेश छन् । प्याकअनुसार, यसमा ग्राहकहरूले ८ जीबीदेखि २० जीबीसम्मको डाटा, ३९९ देखि ५९९ मिनेटसम्मको अल नेपाल टक टाइम, र ३९ देखि ५९ वटा अल नेपाल एसएमएस प्राप्त गर्छन्।
दोस्रोमा अनलिमिटेड रिन्यूअल प्याक अन्तर्गत कर सहित रु. ७९९, रु. ९९९, र रु. १,४९९ का प्याकहरु समावेश रहेका छन् । यी प्याकहरुमा ग्राहकले कुनैपनि नेपाली नेटवर्कमा कल गर्न सकिने अनलिमिटेड अल नेपाल टक टाइम, अनलिमिटेड यूट्युब, अनलिमिट्ड नाइट डेटाका साथै प्याकअनुसार ३० जीबीदेखि १०० जीबीसम्मको डेटा र ७९ देखि १४९ ओटा अन नेपाल एसएमएस सेवा प्राप्त गर्दछन्।
त्यसैगरी तेस्रो रिन्यूअल सेवा अन्तर्गत डाटा र भ्वाइसमात्र पाइने प्याकहरु रहेका छन् । उदाहरणका लागि एनसेलका रु. १९९ देखि रु. ४४९ सम्मका लोकप्रिय भ्वाइसहरु रहेका छन्। त्यसैगरी डाटामा रु २९९ बाट शुरु हुने प्याकहरु समावेश छन्।
प्रकाशित: १९ चैत्र २०८१, मंगलवार