सन् २०२५ को अन्त्यसम्ममा न्यूरालिङ्कले ‘जन्मजात दृष्टिविहीन मानिसहरूलाई देख्न सक्ने बनाउने चिप’ प्रत्यारोपण गर्ने

  • Technology Khabar | १९ चैत्र २०८१, मंगलवार
सन् २०२५ को अन्त्यसम्ममा न्यूरालिङ्कले ‘जन्मजात दृष्टिविहीन मानिसहरूलाई देख्न सक्ने बनाउने चिप’ प्रत्यारोपण गर्ने

काठमाडौं ।

इलन मस्कको ब्रेन चिप स्टार्टअप न्यूरालिङ्कले आफ्नो भिजुअल “आर्टिफिसियल प्रोस्थेसिस” ब्लाइन्डसाइट, सन् २०२५ को अन्त्यसम्ममा पहिलो पटक मानवमा प्रत्यारोपण गर्ने लक्ष्य राखेको छ।

“हामी आशा गर्छौं कि यस वर्षको अन्त्यतिर, पहिलो ह्युम्यान इम्प्लान्टेबल डिभाइस (मानव प्रत्यारोपणयोग्य उपकरण) हुनेछ, जसले पूर्ण रूपमा दृष्टिविहीन व्यक्तिलाई देख्न सक्षम बनाउँछ” आइतबार राति अमेरिकाको विस्कन्सिनमा आयोजित आफ्नो टाउन हलमा दर्शक सदस्यको प्रश्नको जवाफमा प्राविधिक अर्बपतिले भने।

सुरुवातका ब्लाइन्डसाइटले लो–रिजोल्युसन भिजन मात्र प्रदान गर्न सक्षम हुनेछ भनि मस्कले इम्प्लान्टको लागि अपेक्षाहरू सेट गर्ने बारे सावधानी व्यक्त गरेका छन्।

“यो धेरै कम रिजोल्युसनबाट सुरु हुनेछ, तर समयसँगै, इम्प्लान्टले अन्ततः सुपरह्युम्यान भिजनलाई सक्षम बनाउनेछ” मस्कले थपे।

त्यसैगरी मस्कले यो डिभाइसले धेरै वर्षदेखि बाँदरहरूमा राम्रोसँग काम गरिरहेको पनि खुलासा गरेको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १९ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार