युरोपको भूमीबाट गरिएको पहिलो रकेट प्रक्षेपण असफल

  • Technology Khabar | १८ चैत्र २०८१, सोमबार
युरोपको भूमीबाट गरिएको पहिलो रकेट प्रक्षेपण असफल

काठमाडौं ।

नर्वेको एंडोया स्पेसपोर्टबाट आइतबार प्रक्षेपण गरिएको जर्मन रकेट `स्पेक्ट्रम´२० सेकेन्डमै दुर्घटनाग्रस्त भई जमिनमा खस्दा विस्फोट भएको छ।

करिब ३० मिटर अग्लो र ५० टन तौलको इसार एरोस्पेसले निर्माण गरेको रकेट दुर्घटनामा कसैलाई चोटपटक लागेन। स्पेक्ट्रमको पहिलो परीक्षण उडानमा कुनै पनि पेलोड समावेश थिएन।

कम्पनीको वेबसाइटका अनुसार, इसार एयरोस्पेसले पहिलो प्रक्षेपणको समयमा सवारी साधनको बारेमा डाटा सङ्कलन गर्ने प्रयास गरिरहेको थियो।

एंडोया स्पेसले घटनाको अनुसन्धान भइरहेको बताउँदै सुरक्षा नै आफ्नो प्रमुख प्राथमिकता भएको जनाएको छ।

यो एन्डोया स्पेसपोर्टबाट पहिलो रकेट प्रक्षेपण थियो, जुन २०२३ मा उत्तरी नर्वेको नर्वेजियन समुद्रको छेउमा खोलिएको थियो। स्पेसपोर्टको ग्राउन्ड स्टेशन र सुविधाहरू विशेष गरी इसार एयरोस्पेस र स्पेक्ट्रम रकेटको लागि निर्माण गरिएको थियो र यस विष्फोट पछि पनि अक्षुण्ण रहेको देखिन्छ।

युरोपको पहिलो व्यावसायिक अन्तरिक्ष उडान हुने अपेक्षा गरिएको यो प्रक्षेपण खराब मौसमका कारण यसअघि धेरै पटक स्थगित भएको थियो।

अधिकारीहरूका अनुसार नयाँ प्रविधिको परीक्षणक्रममा यस्ता असफलता सामान्य हुन्। एजेन्सीहरुका साथ

प्रकाशित: १८ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १८ चैत्र २०८१, सोमबार