दाङको हापुरे बजारमा सिसिटिभी जडान

  • Technology Khabar | १८ चैत्र २०८१, सोमबार
दाङको हापुरे बजारमा सिसिटिभी जडान
सांकेतिक तस्बिर

काठमाडौं ।

दाङको ग्रामीण क्षेत्र हापुरे बजारमा सिसिटिभी जडान गरिएको छ। बबई गाउँपालिकाको केन्द्रका रूपमा रहेको हापुरेको सुरक्षाका लागि सिसिटिभी जडान गरिएको हो।

बबई गाउँपालिकाले बजारका विभिन्न आठ स्थानमा सिसिटिभी जडान गरेको हो।

बबई गाउँपालिकाका अध्यक्ष कुलबहादुर खत्रीकाअनुसार पश्चिम दाङकै बजार केन्द्रका रूपमा विकास हुँदै गएको हापुरे क्षेत्रलाई थप सुरक्षित तुल्याउनका लागि सिसिटिभी जडान गरिएको हो।

बजारको सहिद गेटनजिकैको चोकमा तीनओटा, सेन्टर बजारको बबई गाउँपालिका जाने चोकमा दुईओटा र तल्लो बजार ट्याक्सी पार्कनजिकै तीनओटा सिसिटिभी क्यामरा जडान गरिएको छ।

प्रकाशित: १८ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Yango Ride introduces Free In-Ride insurance for drivers and passengers in Nepal

  • Technology Khabar
  • १८ चैत्र २०८१, सोमबार