राष्ट्रिय परिचयपत्रका लागि प्रतिलिपि नागरिकता बनाउने धेरै

  • Technology Khabar | १८ चैत्र २०८१, सोमबार
राष्ट्रिय परिचयपत्रका लागि प्रतिलिपि नागरिकता बनाउने धेरै
सांकेतिक तस्बिर

काठमाडौं ।

गुल्मीमा नयाँभन्दा प्रतिलिपि नागरिकता बनाउने बढी रहेका छन्। गत आइतबारदेखि शुक्रबारसम्म प्रशासनको अभिलेख अनुसार एक सातामा १३० जनाले नयाँ नागरिकता लिएका छन् भने १८१ जनाले प्रतिलिपि नागरिकता लिएका छन्।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद गैरेका अनुसार एक साताको अवधिमा नयाँ र प्रतिलिपि गरेर नागरिकता बनाउनेको सङ्ख्या ३११ रहेको छ।

नागरिकले नागरिकतालाई माया नगर्ने, जथाभाबी फ्याँक्ने र सानातिना गल्ती भएका कारण पनि प्रतिलिपि बनाउने बढेको उनको भनाइ छ।

यस्तै पछिल्लो समयमा राष्ट्रिय परिचयपत्रका लागि अनिवार्य रूपमा नागरिकता आवश्यक पर्ने हुँदा टोलीमा नागरिकता बनाएकाको श्रीमान/श्रीमती र बाबु/आमाको नाम नमिल्ने गरेका कारण पनि रहेको गैरेले बताए। -गोरखापत्रबाट

प्रकाशित: १८ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

‘OTT Platform’ now comes under legal radar; Registration and permission mandatory

  • Technology Khabar
  • १८ चैत्र २०८१, सोमबार