Technology Khabar १४ चैत्र २०८१, बिहीबार
काठमाडौं ।
क्याननले आफ्नो दुई नयाँ भ्लगिङ–केन्द्रित क्यामराहरू पोइन्ट–एन्ड–शुट पावरशट भी१ र मिररलेस ईओएस आर५० भी घोषणा गरेको छ।
पावरशट भी१ मा सामान्य र सेल्फी सुटिङको लागि अप्टिमाइज (अनुकूलित) गरिएको नयाँ डिजाइन रहेको छ। यसमा फिक्स्ड १६–५०एमएम एफ२.८–४.५ जुम लेन्स समावेश छ जसले १७–५२एमएम भिडियो (थपिएको क्रपको कारणले) कभर गर्न सक्ने बताइएको छ।
क्यामराले पावरशटको लागि डुअल पिक्सेल सीएमओएस एएफ आईआई भएको नयाँ २२.३ मेगापिक्सेल १.४–टाइप सेन्सर र लामो भिडियो रेकर्डिङको लागि भित्री रुपमा कुलिङ फ्यान प्रयोग गर्दछ।
क्यामरालाई यूएसबी कनेक्सन मार्फत पीसीको सहायतामा भिडियो कल र लाइभस्ट्रिमको लागि प्रयोग गर्न मिल्ने बताइएको छ भने स्मार्टफोनहरूमा क्यानन क्यामरा कनेक्ट एप प्रयोग गरेर वायर्ड वा वायरलेस रूपमा काम गर्न सकिने उल्लेख गरिएको छ।
त्यसैगरी अर्को भ्लगिङ–केन्द्रित क्यामरा ईओएस आर५०भी को नयाँ डिजाइन पनि भिडियोको लागि अप्टिमाइज (अनुकूलित) गरिएको छ। यो क्यामरामा डेडिकेटेड (समर्पित) लाइभस्ट्रिम बटन, क्यामराको अगाडि रेकर्डिङ बटन र पोट्र्रेट रेकर्डिङको लागि साइड (छेउ) मा ट्राइपड स्क्रू होल रहेको छ।
आर५०भी ले आरएफ–माउन्ट प्रयोग गर्दछ जुन सबै क्यानन आरएफ लेन्सहरूसँग उपयुक्त हुने बताइएको छ। साथै यसमा भर्खरै लन्च गरिएको आरएफ–एस१४–३०एमएम एफ४–६.३ आईएस एसटीएम पीजेड पनि समावेश रहेको बताइएको छ जुन पावर जुम फङ्गसन्यालिटी (कार्यक्षमता) सहितको पहिलो आरएफ–एस लेन्स भएको उल्लेख गरिएको छ।
क्यामराले डुअल पिक्सेल सीएमओएस एएफ आईआई र डीआईजीआईसी एक्स प्रोसेसरको साथ २४ मेगापिक्सेल एपीएस(सी सेन्सर प्रयोग गर्दछ। यसले वाईसीसी ४ः२ः२ १०–बिट र क्रपको साथ ६०एफपीएसमा फोरके सम्मको भिडियो खिच्न सक्ने बताइएको छ। साथै यसले क्याननको लग ३ लाई पनि समर्थन गर्ने भएकोले क्याननको सिनेमा ईओएस लाइनसँग म्याच गर्न (मिलाउन) सकिने छ।
क्यानन पावरशट भी१ को मूल्य ९०० अमेरिकी डलर कायम गरिएको छ। त्यसैगरी ईओएस आर५० भी को बडी–मात्रको लागि ६५० अमेरिकी डलर र आरएफ–एस१४–३०एमएम एफ४–६.३ आईएस एसटीएम पीजेड लेन्सको लागि ८५० अमेरिकी डलर मूल्य कायम गरिएको छ। दुवै क्यामराहरू अप्रिलमा उपलब्ध हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ चैत्र २०८१, बिहीबार