यस्तो प्रविधि जून हासिल गर्न चीन र अमेरिकाबिच प्रतिस्पर्धा

  • Technology Khabar | ९ मंसिर २०७५, आईतवार
यस्तो प्रविधि जून हासिल गर्न चीन र अमेरिकाबिच प्रतिस्पर्धा

काठमाडौं ।

काठमाडौं । अमेरिकाको राष्ट्रिय विज्ञान एवं प्राविधिक परिषद्ले गत वर्ष सेप्टेम्बरमा साइन्स अफ क्वान्टम इन्फर्मेशन (सिआइसी) को विकासका लागि एउटा नयाँ रणनीति प्रकाशित गरेको थियो । यो खबर केही विशेष मिडियामा मात्रै सार्वजनिक भएको थियो ।

१५ पानाको उक्त रिपोर्टमा डोनल्ड ट्रम्प प्रशासनला­­­­­ई सिआइसी क्षमतालाई ससक्त बनाउन र विकाशका लागि सिफारिस दिइएको थियो ।

यो रणनीतिमा छलफलका लागि देशका ठूला प्राविधिक कम्पनीहरु, शिक्षाविद्, अधिकारी, वित्तिय कम्पनीलाई ह्वाइट हाउस बोलाइएको थियो । यसमा एल्फाबेट, आइबीएम, जेपी मोर्गन चेन्ज, लकहीड मार्टिन, हनिवेल र नोथ्रोप ग्रुमनजस्ता कम्पनी समावेश थिए । विज्ञानको यो क्षेत्रमा एक सय १८ योजनाहरुमा २४.९ करोड डलर लगानीको प्रस्ताव गरिएको थियो ।

यस्तै, अर्कोतर्फ चीनले पनि यसै किसिमको काम गरिरहेको छ ।

चीन सरकारले हेफेईमा नेशनल लेबोरेट्री अफ क्वान्टम इन्फर्मेशन साइन्स विकसित गरिरहेको छ । १० अर्ब अमेरिकी डलरको लागतमा बन्ने यो केन्द्र सन् २०२० देखि सुरु हुने आशा गरिएको छ ।

दुई वर्षअघि मात्र चीनले पहिलो क्वान्टम कम्युनिकेशन स्याटेलाइट पनि लञ्च गरेको थियो ।

गत वर्ष चिनियाँ सरकारले जिनानमा एक गोप्य संचार नेटवर्क स्थापित गर्ने घोषणा गरेको थियो । सेना, सरकार र नीजि कम्पनीसँग सम्बन्धित अधिकतम दुईसय प्रयोगकर्ताले मात्र यसको प्रयोग गर्न सक्ने बताइएको छ ।

क्वान्टम इन्फर्मेशनको क्षेत्रमा दुई ठूला शक्तिशाली देश प्रतिद्वन्द्वन्दी हुनुले नै यसको महत्व दर्साउँछ । यो प्रविधी यति शक्तिशाली हुनेछ कि संसारलाई परिवर्तन गरिदिने बताइएको छ ।

के हो सिआइसी ?

इन्स्टिच्युट अफ फोटेनिक साइन्सेस अफ बार्सिलोना र थ्योरी अफ क्वान्टम इन्फर्मेशन ग्रुपका शोधकर्ता एलेखान्द्रो पोजास कर्सटयेन्सले क्वान्टम प्रविधीबारे सम्झाउँदै बीबसीसँग भने, ‘क्वान्टम प्रविधीले सूचनाको प्रसोधनमा क्रान्तिकारी परिवर्तन ल्याउने वचन दिन्छ ।’

उनी भन्छन्, ‘सबै सूचनाहरु बाइनरी सिस्टम जिरो र वानमा एनकोड हुन्छ (लेखिन्छ) – अर्थात जीरो र वानमा । तर ६० को दशकमा सूचना राखिने स्थानले पनि यसको प्रयोगलाई प्रभावित गर्नसक्छ भन्ने पत्ता लाग्यो ।’

उनी भन्छन्, ‘यसको अर्थ यो हो कि हामी सूचनालाई कम्प्युटर चिपमा स्टोर गर्न सक्छौं, जस्तो कि हामी आजकाल गरिरहेका छौं । तर हामी ती जीरो र वानलाई अन्य निकै सुक्ष्म सिस्टममा स्टोर गर्न सक्छौं जस्तो कि एउटा एक्लो परमाणुमा वा स–साना अणुहरुमा ।’

वैज्ञानिक एलेखान्द्रो पोजास भन्छन्, ‘यी परमाणु र अणु यति साना हुन्छन् कि यिनीहरुको व्यवहारलाई अन्य नियमले पनि निर्धारण गर्छ । जुन नियमले परमाणु र अणुको व्यवहार तय गदर्छ, त्यो नै क्वान्टम थ्योरी वा क्वान्टम संसारको नियम हो ।’

क्वान्टम इन्फर्मेशन साइन्सले यी निकै सुक्ष्म सिस्टमलाई हेर्ने क्वान्टम गुणको प्रयोग गरेर सूचनालाई ट्रान्समिट र प्रोसेस गर्ने काममा सुधार ल्याउँछ ।

अर्थात् सिआइसीले हाम्रो सूचनालाई प्रोसेस गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउनेमा विश्वास दिलाउँछ जसले स्वास्थ्य एवं विज्ञान, औषधी निर्माण र औद्योगिक निर्माणजस्ता क्षेत्रमा हजारौं नयाँ सम्भावना पैदा हुनेछ ।

विशेषज्ञहरुकाअनुसार क्वान्टम साइन्सले हरेक कुरालाई परिवर्तन गर्नेछ । यसै कारण संसारका दुई सबैभन्दा शक्तिशाली देश यो क्षेत्रमा अगाडी हुनका लागि प्रतिद्वन्द्वीको रुपमा उभिएका छन् ।

क्वान्टम स्याटेलाइटः

यो क्षेत्रमा अहिलेसम्म जे भएको छ त्यसको आधारमा भन्दा चीन यो दौडमा अघि बढिरहेको छ । सन् २०१६ मा चीनले संसारको सबैभन्दा पहिलो क्वान्टम कम्युनिकेशन स्याटेलाइट लञ्च गर्ने घोषणा गर्यो र एक वर्षपछि यसमार्फत संसारका अन्य कुनै पनि देशले पढ्ने नसक्ने एनक्रिप्टेड संचार स्थापित गर्न सकिने दाबी गर्यो ।

एलेखान्द्रो पोजास सम्झाउँछन्, ‘यहाँ दुईवटा प्रयोग गरिएको थियो । पहिलो प्रयोगमा स्याटेलाइटसँग जमिनबाट सम्पर्क स्थापित गरिएको थियो र त्यो स्याटेलाइटको फाइदा उठाउँदै जमिनमा भएका दुई केन्द्रबीच क्वान्टम एनक्रिप्टेट सिग्नलबाट सम्पर्क स्थापित गरियो । यसमा स्याटेलाइटले दुबै केन्द्रबीच रिपिटरको भूमिका निभायो ।’

सूचना आफ्नो गन्तव्यसम्म पुग्यो वा पुगेन अथवा त्यसलाई बाटोमा नै इन्टरसेप्ट त गरिएन, भन्नेबारे अहिले प्रयोग गरिरहेको इन्फर्मेशन ट्रान्सफरको तरिकाहरुमा यो थाहा पाउने क्षमता छैन् ।

यद्यपी, चीनको यस्तो प्रयोगले यो कन्सेप्टलाई साबित मात्र गरेको छैन की आफूसँग यस्तो गर्ने क्षमतासमेत भएको पुष्टि गरेको छ ।

पोजास भन्छन्, ‘यो साँचो हो कि चीनले यो प्रमाणित गरिदिएको छ कि यस्तो गर्न सकिन्छ तर अहिलेसम्म यसको व्यापक प्रयोगको क्षमता भने हासिल गरिएको छैन ।’

क्वान्टम कम्प्युटर

क्वान्टम कम्प्युटरको क्षेत्रमा अहिले नै यो सम्भावनासम्म पुग्न सकिएको छैन । संसारका विभिन्न देशका कयौं कम्पनीहरु क्वान्टम कम्प्युटर विकसित गर्ने प्रयास गरिरहेका छन् ।

प्रयोगमा यस्ता कम्प्युटर बनाइएको छ तर त्यसलाई अहिले नै औद्योगिक स्तरमा बनाउन सम्भव भइरहेको छैन ।

एलेजान्द्रो पोजास भन्छन्, ‘वास्तवमा क्वान्टम कम्प्युटर एउटा नबुझिएको पाटो हो । सिआइसीको क्षेत्रमा सबै प्रयास प्रत्यक्ष र परोक्ष रुपमा यसै दिशामा भइरहेको छ ।’

क्लासिकल कम्प्युटर बिट्समा काम गर्दछन् र यसमा सूचना जीरो तथा वानको रुपमा प्रसारित हुन्छ । अर्कोतर्फ क्वान्टम कम्प्युटिङ पनि यही दुई रुपको सुपरपोजिशनको सिद्धान्तमा काम गर्छ र सब–एटमिक पार्टिकल्सको मुभमेन्टलाई डाटा प्रोसेस गर्नका लागि प्रयोग गदर्छ ।

आज यो प्रविधी धेरैजसो थ्योरीमा लागु भइरहेको छ । तर कुनै दिन यसले सफल क्यालकुलेशन गर्न सकिने आशा गरिएको छ । जब यस्तो हुनेछ त्यसबेला आजका कम्प्युटर पुरानो जमानाको एबाकस जस्तो लाग्नेछन् ।

अमेरिकामा आइबीएम, गूगल र माइक्रोसफ्ट जस्ता कम्पनीहरु आफ्नो क्वान्टम कम्प्युटर विकसित गर्न लागी परेका छन् । चीनमा पनि अलिबाबा र बायडू जस्ता कम्पनीहरु पनि क्वान्टम कम्प्युटर बनाउन प्रयास गरिरहेका छन् ।

तर यो कम्प्युटर बनाउन सजिलो छैन । यसमा सबैभन्दा ठूलो समस्या भनेको कम्प्युटरले कति क्वान्टम बिट्स (क्यूबिट्स) मा काम गर्छ भनेर पत्ता लगाउनु हो ।

अहिले गूगल शीर्ष स्थानमा भएको बताइन्छ जसले ७२ क्यूबिट्सको प्रोसेसर बनाइरहेको छ ।

यसबाहेक यसको राख्ने सुरक्षामा पनि समस्या हुनेछ । यसलाई निकै कम तापक्रममा राख्नुपर्नेछ ।

अहिले रुम टेम्परेचरमा काम गर्न सक्ने  क्वान्टम कम्प्युटर बनाउने प्रयास भइरहेको छ ।

क्वान्टम क्रान्ति

तर क्वान्टम प्रविधीले भविष्यमा कस्तो क्रान्ति ल्याउन सक्छ ? एलेखान्द्रो पोजास भन्छन्, ‘पहिलो कम्प्युटरले जस्तो क्रान्ति  ल्याएको थियो यो त्यस्तै क्रान्ति हुनेछ ।’

‘हामी विभिन्न नयाँ काम गर्न सक्नेछौं जस्तै औषधी बनाउनु वा प्रोटोटाइप तयार पार्नु वा इन्धनको कम प्रयोग सुनिश्चितताका लागि बाटो निर्धारण गर्नु । क्वान्टम कम्प्युटरले यस्ता प्रकारका समस्याहरु सुल्झाउन सक्नेछ ।’

तर सरकारहरुले यसलाई सबैभन्दा धेरै रक्षा क्षेत्रमा प्रयोग गर्नका लागि रुची देखाएका छन् । जस्तै कि अत्यधिक सुरक्षित संवाद स्थापित गर्न वा दुश्मनको विमान पत्ता लगाउन ।

तर क्वान्टम साइन्सको युद्धक्षेत्रमा कसले जितिरहेको छ- अहिले नै यो भन्न मुश्किल छ ।

एलेखान्द्रो पोजास भन्छन्, ‘हामी भन्न सक्छौं कि क्वान्टम कम्प्युटिङको क्षेत्रमा अमेरिका अगाडी छ भने क्वान्टम कम्युनिकेशनमा चीनले जितिरहेको देखिन्छ ।’

‘क्वान्टम प्रविधीको क्षेत्रमा कयौं पाटा छन् र थुप्रै देश यसमा आफूलाई अग्र स्थानमा राख्ने दिशामा काम गरिरहेका छन् ।’

स्रोत

प्रकाशित: ९ मंसिर २०७५, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

NASA, Boeing outline next steps for Starliner

  • Technology Khabar
  • ९ मंसिर २०७५, आईतवार