अमेरिकी राज्यले विद्यालयहरूमा फोनमाथि प्रतिबन्ध लगायो

Technology Khabar १४ चैत्र २०८१, बिहीबार

काठमाडौं ।

अमेरिकी राज्य जर्जियाका सिनेटरहरूले प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई विद्यालयको समयमा सेल फोन प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेका छन्।

यसलाई जर्जियाका रिपब्लिकन गभर्नर ब्रायन केम्पलाई अनुमोदन वा भिटोको लागि पठाइनेछ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

हाल, नौवटा अमेरिकी राज्यहरूले विद्यालयहरूमा फोनमाथि प्रतिबन्ध लगाएका छन् भने यस्तै कानूनहरू न्यू मेक्सिको, टेनेसी र युटाका गभर्नरहरूद्वारा अनुमोदनको लागि विचाराधीन अवस्थामा रहेको बताइएको छ। त्यसैगरी यी उपायहरू अन्य राज्यहरूमा पनि चाँडै नै लागू हुने अपेक्षा गरिएको छ।

“यो विधेयक केवल एकेडेमिक्सको बारेमा होइन, यो विद्यार्थीहरूको कल्याणको बारेमा हो” डलास–आधारित सिनेटर जेसन अनाभिटार्टेले मंगलबार हाउस बिल ३४० मा भएको बहसमा भने।

अध्ययनहरूका अनुसार अत्यधिक फोन प्रयोगले मानसिक स्वास्थ्य समस्याहरू, सामाजिक सीपमा कमी र हिंसा वृद्धिलाई निम्त्याउँछ भनि उनले बताएका छन्।

“हामी चाहन्छौं कि विद्यार्थीहरूले विद्यालयको समयमा कक्षामा आफ्ना साथीहरूसँग सामाजिकीकरणमा ध्यान केन्द्रित गरून्” उनले थप उल्लेख गरे।

अमेरिकी शिक्षा तथ्याङ्क केन्द्रका अनुसार, राष्ट्रिय स्तरमा, ७७ प्रतिशत अमेरिकी विद्यालयहरूले गैर–शैक्षिक प्रयोगका लागि विद्यालयहरूमा सेल फोन प्रतिबन्धित गरेका टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १४ चैत्र २०८१, बिहीबार

तपाइको प्रतिक्रिया