
काठमाडौं ।
काठमाडौं । सामसङको नयाँ आधिकारिक सेवा केन्द्र भक्तपुर मोबाइल कम्प्लेक्स सुर्यविनायकमा संचालनमा आएको छ। सामसङको योसहित देशभर १५ वटा सर्भिस सेन्टरहरु पुगेका छन्।
आइएमएस केयरले १५ औं सेवा केन्द्रका रुपमा यसलाई संचालनमा ल्याएको हो। केन्द्रको आइएमएस ग्रुपका अध्यक्ष दिपक मल्होत्रा, प्रमुख कार्यकारी अधिकृत दिकेश मल्होत्रा, सामसङ इलेक्ट्रोनिक्सका कार्यकारी निर्देशक युबियम वोन र जुङ्सिक (बबि) योले संयुक्तरुपमा उद्घाटन गरे।
कार्यक्रममा बोल्दै कार्यकारी अधिकृत दिकेश मल्होत्राले सेवा केन्द्रको विस्तार गर्दै सामसङ स्मार्टफोनका ग्राहकहरुलाई बिक्री पछिको सेवा सहज रुपमा प्रदान गर्नु कम्पनीको उद्देश्य रहेको बताए।
प्रकाशित: ८ मंसिर २०७५, शनिबार