ईयूले एप्पललाई फेरि प्रहार गर्यो – यस पटक आईफोनमा ठूला परिवर्तनहरूको माग

Technology Khabar १२ चैत्र २०८१, मंगलवार

काठमाडौं ।

युरोपेली संघले वास्तवमा एप्पललाई अन्य प्राविधिक कम्पनीहरूसँग “राम्रो व्यवहार गर्न” का लागि दबाब दिइरहेको भन्दै ब्लूमबर्गका मार्क गर्मनले आफ्नो “पावर अन” स्तम्भमा उल्लेख गरेका छन्।

एप्पलले युरोपेली प्रयोगकर्ताहरूलाई एप्पल एप स्टोर बाहेक अन्य देशहरूबाट एपहरू डाउनलोड गर्न अनुमति दिनु पर्ने एजेन्डाको सफलता पछि ईयूले अब हालको हार्डवेयरमा केही परिवर्तनहरूलाई लक्षित गरिरहेको उल्लेख गरिएको छ।

हाल एप्पल वाचमा मात्र विशेष रहेका सुविधाहरू अन्य ओईएमहरूका स्मार्टवाचहरूले प्राप्त गरून् भन्ने ईयूले चाहेको भन्दै विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

साथै, एप्पलले आईफोनको एनएफसी चिपमा व्यापक पहुँच प्रदान गर्न ईयूले माग गरिरहेको बताइएको छ। यस नियर–फिल्ड कम्युनिकेसन प्रविधिले सम्पर्करहित भुक्तानीहरूलाई सक्षम बनाउने बताइएको छ।

एप्पलको एयरड्रप र एयरप्ले पनि उपलब्ध गरियोस् भन्ने ईयूले चाहेको गर्मनले उल्लेख गरेका छन्। ती सुविधाहरूले एप्पल इकोसिस्टम भित्र निर्बाध फाइल स्थानान्तरण र मिडिया स्ट्रिमिङलाई सहज बनाउने बताइएको छ।

एप्पलले के गर्नेछ र के हुन सक्छ भन्दै गर्मनले धेरै सम्भावित परिदृश्यहरू प्रस्तुत गरेको बताइएको छ।

एप्पलले यसको आफ्नो अपरेटिङ सिस्टम र सम्भावित हार्डवेयरमा परिमार्जनहरू समावेश हुने नियमहरूको पालना गर्न सक्ने बताइएएको छ।
त्यसैगरी एप्पलले नियमहरूलाई चुनौती दिन पनि सक्ने बताइएको छ जसले कानुनी चुनौतीहरू र महत्त्वपूर्ण वित्तीय जरिवानाको जोखिम निम्त्याउन सक्ने उल्लेख गरिएको छ।

यसाहेक एप्पलले युरोपेली संघ भित्रका प्रयोगकर्ताहरूका लागि यी सुविधाहरूमध्ये केही पूर्ण रूपमा असक्षम पार्न छनौट गर्न सक्छ भनि गर्मनले एउटा रोचक सम्भावनाको उठान गरेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: १२ चैत्र २०८१, मंगलवार

तपाइको प्रतिक्रिया