हार्डवेयर कमजोरीहरूका लागि विन्डोज ११ मा नयाँ सुविधा

Technology Khabar ११ चैत्र २०८१, सोमबार

काठमाडौं ।

विन्डोज ११ को पछिल्लो संस्करणमा एउटा नयाँ कागजात जारी गरिएको छ जसले प्रयोगकर्ताको प्रणालीको हार्डवेयर कमजोरीहरू देखाउँछ।

माइक्रोसफ्टले विन्डोज ११ को लागि एउटा नयाँ सुविधामा काम गरिरहेको छ जसले र्यामको कमी वा कमजोर जीपीयूले तपाईंको कम्प्युटरको प्रदर्शलाई कसरी असर गर्न सक्छ भनेर व्याख्या गर्न मद्दत गर्नेछ।

बटेलीग्राफका अनुसार विन्डोज ११ को पछिल्लो डेभ च्यानल निर्माणमा उक्त नयाँ सेक्सन (खण्ड)को खुलासा गरिएको छ जुन यस हप्ता जारी गरिएको थियो।

माइक्रोसफ्टले भने अझैसम्म सुविधालाई आधिकारिक नबनाएको र यो हाल लुकाइएको हुनाले यसलाई म्यानुअल सक्रियता आवश्यक पर्ने उल्लेख गरिएको छ।

एफएक्यू गाइडले र्यामको कमी, वा जीपीयूमा ४ जीबी भन्दा कम मेमोरी भएको खण्डमा सिफारिसहरू सम्बन्धी जवाफहरू प्रदान गर्ने बताइएको छ।

यस सेक्सन (खण्ड) ले प्रयोगकर्तासँग विन्डोज ११ को पछिल्लो संस्करण नभएको अवस्थामा पनि नोट गर्नेछ। डेभ च्यानल संस्करणमा यो गाइडको सक्रियताले यो सुविधा आगामी महिनाहरूमा सबै विन्डोज ११ प्रयोगकर्ताहरूमा पुग्न सक्ने सुझाव दिएको छ।

माइक्रोसफ्टले सामान्यतया डेभ च्यानलमा सुविधाहरूको परीक्षण गर्ने गरेको छ जुन विन्डोज ११ २४एच२ अपडेटको लागि रिलिज गरिन लागिएको हुन्छ।

कम्पनीले कहिलेकाहीँ केही सुविधाहरू रिलिज हुनुभन्दा अघि नै पूर्ण रूपमा ड्रप गर्ने गरेको हुनाले यो सुविधालाई भने माइक्रोसफ्टले के गर्नेछ भन्ने कुरा हेर्न बाँकी रहेको  टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: ११ चैत्र २०८१, सोमबार

तपाइको प्रतिक्रिया