ताजा समाचार

डढेलो नियन्त्रणका लागि प्रविधिको प्रयोग गरिँदै

डढेलो नियन्त्रणका लागि प्रविधिको प्रयोग गरिँदै
सांकेतिक तस्बिर
Global IME Bank

डिभिजन वन कार्यालय कपिलवस्तुले वन डढेलो नियन्त्रणका लागि विज्ञान तथा प्रविधिको सहयोग लिने भएको छ। गर्मी मौसम सुरु भएसँगै डढेलोको जोखिम बढेपछि कार्यालय, साझेदारी तथा सामुदायिक वन मिलेर डढेलोबाट हुने क्षति कम गर्ने योजना रहेको छ।

डढेलो नियन्त्रणका लागि हावाको चापबाट पानी फाल्ने उपकरण, फायर लाइन निर्माण र रुखबाट झरेका पात सफा गर्न एयर ब्लोरको प्रयोग गर्नेदेखि ड्रोनको प्रयोग गरी अनुगमन गर्ने योजना रहेको सिनियर डिभिजनल वन अधिकृत ईश्वरीप्रसाद पौडेलले बताए।

डिभिजनले डढेलो नियन्त्रण तथा व्यवस्थापन योजना तयार गरी जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयबाट स्वीकृत भई कार्यान्वयनमा ल्याएको छ। जस अनुसार ११ जना अग्निनियन्त्रण दस्ता परिचालन गरिएको छ।

सामुदायिक तथा साझेदारी बनहरूको अग्निरेखा मर्मत तथा सरसफाइ गर्ने, जनचेतनामूलक/सन्देशमूलक सामग्री प्रकाशन गर्ने कार्य भएको बरिष्ठ बन अधिकृत सन्तबहादुर थिङले बताए।

आजको गोरखापत्रबाट

Sajilo Visa
easy care