Technology Khabar ८ चैत्र २०८१, शुक्रबार
काठमाडौं ।
गुगलले भारत र विश्वव्यापी रूपमा पिक्सेल ९ए लन्च गरेको छ। यो पछिल्लो मिड–रेन्ज स्मार्टफोनमा सुधारिएको क्यामरा, बढाइएको एआई क्षमताहरू र दीर्घकालीन सफ्टवेयर समर्थन उपलब्ध रहेका छन्।
स्पेसिफिकमेसनहरूः
पिक्सेल ९ए मा १२० हर्ज अनुकूली रिफ्रेस रेट र २७०० निट्स पीक ब्राइटनेसको साथ ६.३–इन्च एफएचडी+(प्लस) ओएलईडी डिस्प्ले समावेश रहेको छ जुन पिक्सेल ८ए भन्दा ३५ प्रतिशतले बढी भएको बताइएको छ। यसले कोर्निङ गोरिल्ला ग्लास ३ प्रयोग गर्नुका साथै एचडीआरलाई समर्थन गर्दछ। यो डिभाइस टाइटन एम२ सेक्योरिटी को–प्रोसेसरको साथ गुगलको टेन्सर जी४ चिपमा चल्नेछ भने भारतका लागि ८जीबी एलपीडीडीआर५एक्स र्याम र २५६जीबी यूएफएस ३.१ स्टोरेजसँग पेयर्ड गरिएको छ। एन्ड्रोइड १५ सँग ढुवानी गरिनेछ यो डिभाइसमा सात वर्षको ओएस अपडेट, सुरक्षा प्याच र फिचर ड्रपको ग्यारेन्टी दिइएको उल्लेख छ।
क्यामरा विवरणहरूः
पछाडिको क्यामरा प्रणालीमा ४८ मेगापिक्सेलको मुख्य सेन्सर (सामसङ जीएन८, ओआईएस) र १३ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स (सोनी आईएमएक्स७१२) समावेश रहेका छन्। अगाडिको क्यामराले १३ मेगापिक्सेलको सोनी आईएमएक्स७१२ सेन्सर प्रयोग गरेको उल्लेख छ। दुबै क्यामराले फोरके भिडियो रेकर्डिङलाई समर्थन गर्ने बताइएको छ। नयाँ एआई सुविधाहरूमा एड मी (फोटोग्राफर समावेश गर्न समूह फोटोहरू संयोजन गर्दछ), बेस्ट टेक (मल्टिपल शटहरूबाट एक्सप्रेसनहरू मर्ज गर्दछ) र म्याजिक इडिटर (एआई–आधारित फोटो सम्पादन) समावेश रहेका छन्। फोनले ए– सिरिजमा पहिलो पटक क्लोज–अप शटहरूको लागि म्याक्रो फोकस पनि प्रस्तुत गरेको उल्लेख छ।
डिजाइन र टिकाउपनः
पिक्सेल ९ए को मोटाई ८.९ एमएम, तौल १८५.९ ग्राम रहेको छ भने म्याट ब्याक, पालिश गरिएको एल्युमिनियम फ्रेम र फ्ल्याट एज (समतल किनारहरू) रहेका छन्। यसमा धुलो र पानी प्रतिरोधको लागि आईपी६८ रेटिङ (३० मिनेटको लागि १.५ मिटर गहिराइ) उपलब्ध रहेको छ। भारतमा उपलब्ध हुने रङ्ग विकल्पहरूमा आइरिस (नयाँ), ओब्सिडियन र पोर्सिलेन रहेका छन्। विश्वव्यापी पियोनी भेरियन्ट भने भारतमा उपलब्ध नहुने बताइएको छ।
ब्याट्री र कनेक्टिभिटीः
डिभाइसमा रहेको ५१००एमएएच ब्याट्रीले २३वाट वायर्ड चार्जिङ (३० मिनेटमा ५० प्रतिशत) र ७.५वाट वायरलेस चार्जिङलाई समर्थन गर्दछ। गुगलले ३० घण्टाभन्दा बढी नियमित प्रयोग र एक्स्ट्रिम ब्याट्री सेभर मोडको साथ १००+ घण्टा दाबी गरेको छ। कनेक्टिभिटीमा फाइभजी, वाई–फाई ६ई, ब्लुटुथ ६, एनएफसी, र यूएसबी–सी ३.२ समावेश रहेको छन्।
एआई र सफ्टवेयरः
फोनले सर्कल टु सर्च (एप स्विच बिना नै भिजुअल सर्च) र पिक्सेल स्टुडियो (एआई–जेनेरेटेड इमेजेज) जस्ता अन–डिभाइस एआई टास्कहरूको लागि जेमिनी नानोलाई एकीकृत गरेको छ। जेमिनी लाइभले जेमिनी एडभान्स्ड ग्राहकहरूको लागि भिडियो/स्क्रिन–सेयरिङको लागि भविष्यमा समर्थनको साथ, भ्वाइस अन्तरक्रियाहरू सक्षम गर्दछ। प्रोडक्टिभिटी टुल्सहरूमा होल्ड फर मी र कल स्क्रिन समावेश रहेका छन्।
सुरक्षा र अभिभावकीय नियन्त्रणहरूः
पिक्सेल ९ए मा पनि पिक्सेल ९ र ९ प्रो को जस्तै चोरी सुरक्षा, कार दुर्घटना पत्ता लगाउने र गुगलद्वारा निर्मित भीपीएन जस्ता सुरक्षा सुविधाहरू समावेश रहेका छन्। फाइण्ड माइ डिभाइससुविधाले प्रयोगकर्ताहरूलाई परिवार र साथीहरूसँग आफ्नो लाइभ स्थान साझा गर्न अनुमति दिने बताइएको छ।
परिवारहरूको लागि, पिक्सेल ९ए ले गुगल फ्यामली लिङ्कलाई समर्थन गर्दछ, जसले अभिभावकहरूलाई स्क्रिन टाइम, एप प्रयोग र गोपनीयता सेटिङहरू व्यवस्थापन गर्न सक्षम बनाउँछ। स्कूल टाइम मोडले नोटिफिकेसन साइलेन्स गरेर र एप पहुँच सीमित गरेर कक्षाको समयमा अवरोधहरू कम गर्न मद्दत गर्ने बताइएको छ। गुगल वालेट चयन गरिएका देशहरूमा बच्चाहरूको लागि रोल आउट हुँदैछ जसले बच्चाहरूलाई अभिभावकीय पर्यवेक्षणमा सुरक्षित डिजिटल भुक्तानी गर्न अनुमति दिनेछ।
मूल्य निर्धारण, अफरहरू, र उपलब्धताः
पिक्सेल ९ए को २५६ जीबी भेरियन्टको लागि भारतमा ४९,९९९ भारतीय रुपैयाँ मूल्य कायम गरिएको छ जुन अप्रिलदेखि फ्लिपकार्टमा विशेष रूपमा उपलब्ध हुनेछ।
विश्वव्यापी रूपमा, यो फोनको १२८जीबी मोडेलको मूल्य ४९९अमेरिकी डलर/६७९ क्यानेडियन डलर/५४९ यूरो/४९९ पाउन्ड स्टर्लिङ्गबाट सुरु हुनेछ र २५६जीबी मोडेलको मूल्य ५९९ अमेरिकी डलर/५९९ पाउन्ड स्टर्लिङ्ग कायम गरिएको छ भने गुगल स्टोर र खुद्रा विक्रेताहरू मार्फत अप्रिलमा बिक्री सुरु हुने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ चैत्र २०८१, शुक्रबार