जेमिनीको नयाँ मोडेलले सटिक पर्सनलाइजेसनको लागि सर्च हिस्ट्री प्रयोग गर्ने

  • Technology Khabar | २६ फाल्गुन २०८१, सोमबार
जेमिनीको नयाँ मोडेलले सटिक पर्सनलाइजेसनको लागि सर्च हिस्ट्री प्रयोग गर्ने

काठमाडौं ।

गुगलले नयाँ जेमिनी मोडेलमा काम गरिरहेको बताइएको छ। गुगलले नयाँ जेमिनी मोडेलले अझै राम्रो पर्सनलाइजेसनको लागि प्रयोगकर्ताको सर्च हिस्ट्रीलाई प्रयोग गर्नेछ। यो गुगल एपको पछिल्लो बिटाको टियरडाउन मार्फत खुलासा भएको उल्लेख छ।

यसलाई “जेमिनी विथ पर्सनल कन्टेक्स्ट” वा केवल “पर्सनलाइजेसन” मात्र मोडेल सेलेक्टर बताइएको छ।

सुरुमा यो अप्ट–इनको रुपमा देखिने र यदि यसलाई चयन गरिएको भने यसले “तपाईंको गुगल सर्च हिस्ट्रीमा आधारित पर्सनलाइज्ड हेल्प (यक्तिगत मद्दत)” प्रदान गर्नेछ। यसलाई अनुमति दिएको खण्डमा मात्र यो विशेष मोडेल तपाईंको सर्च हिस्ट्रीमा जडान हुनेछ भनि गुगलले बताएको छ।

मोडेल प्रयोग गर्दा यसलाई आफ्नो हिस्ट्रीबाट डिस्कनेक्ट पनि गर्न सकिने उल्लेख छ। यो मोडेलले तपाईंको सर्च हिस्ट्रीमा आधारित सही परिणामहरू प्रदान गर्ने देखिने थप उल्लेख गरिएको छ।

यदि यसले तपाईंको सर्च हिस्ट्रीलाई सामान्य प्रश्नहरूको जवाफमा समावेश गर्न सकको खण्डमा यो अवश्य पनि अझै उपयोगी हुने बताइएको छ। तपाईंको हिस्ट्रीमा यसको पहुँच भएकोले यसले तपाईंलाई राम्रोसँग “चिन्ने” र विशेष गरी तपाईं अनुरूप आफ्ना प्रतिक्रियाहरू अनुकूलित गर्ने उल्लेख गरिएको छ। गुगलले यो मोडेल धेरै चाँडै नै आधिकारिक हुन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २६ फाल्गुन २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

गुगल पिक्सेल १०ए का थप रेन्डरहरू लीक

  • Technology Khabar
  • २६ फाल्गुन २०८१, सोमबार