
काठमाडौं ।
काठमाडौं । डिटिसी मोबाइल फोन्सले नयाँ आकर्षक डिटिसी ग्राण्ड ओरियो एस ३० फोन (DTC Grand Oreo S30) नेपाली बजारमा प्रस्तुत गरेको छ ।
डिटिसी ग्राण्ड ओरियो एस३० मा विशिष्ट डिजाइनको ५ इन्चको स्क्रीन रहेको छ । डिटिसी ग्राण्ड ओरियो एस ३० मा प्रयोग भएको ५ मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा, साथमा अटो फोकस र दुवैतिर भएको एलईडी फ्ल्यासले सबैलाई प्रभावित गर्ने कम्पनीको दाबी छ ।
डिटिसी ग्राण्ड ओरियो एस ३० बजेट स्मार्टफोनमा फाइभ पोइन्ट टच सेन्सरसहितको सहितको कभ्र्ड बडी छ ।
यसको रियर क्यामरामा आर्टिफिसियल इन्टेलीजेन्स प्रविधियुक्त सेन्सर रहेको कम्पनीले जानकारी दिएको छ । त्यसैगरि सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट फेसिंग क्यामरा राखिएको छ, जसमा ब्यूटी फेस एआई प्रविधि रहेको छ ।
सिङ्गापुरमा डिजाइन गरिएको डिटिसी ग्राण्ड ओरियो एस ३० फोनमा दुईवटा सिमकार्ड प्रयोग गर्न सकिन्छ भने यो स्मार्टफोनमा एन्ड्रोइड गो ८.१ ओएस अपरेटिङ सिस्टम, क्वाड–कोर प्रोसेसर र २५०० एमएएच ब्याट्री रहेको छ ।
बजेट सेग्मेन्टको यो स्मार्टफोनमा १ जीबी र्याम, ८ जीबीको आन्तरिक स्टोरेज रहेको छ, जसलाई माइक्रो एसडी कार्डमार्फत १२८ जीबीसम्म क्षमता बढाउन सकिन्छ ।
डिटिसी ग्राण्ड ओरियो एस ३० फोन ४ विभिन्न रङ कालो, रातो, निलो र गोल्ड कलर अप्सनमा उपलब्ध छ । डिटिसी ग्राण्ड ओरियो एस ३० बजेट स्मार्टफोनको बजार मूल्य ८ हजार २ सय ९५ रुपैयाँ तोकिएको कम्पनीले जनाएको छ ।
प्रकाशित: २५ कार्तिक २०७५, आईतवार