यूट्युबद्वारा सस्तो प्रिमियम लाइट प्लान प्रस्तुत

Technology Khabar २३ फाल्गुन २०८१, शुक्रबार

काठमाडौं ।

युट्युबले प्रिमियम लाइट नामक नयाँ योजना अनावरण गरेको छ। यूट्युबको यो नयाँ प्रिमियम लाइट योजना यूट्युब प्रिमियम भन्दा सस्तो भएको र यो कम सुविधाहरूको साथ आउने उल्लेख गरिएको छ।

प्रिमियममा भिडियोहरू डाउनलोड गर्ने क्षमता र पृष्ठभूमि प्लेब्याक समर्थनका साथै पूर्ण रूपमा विज्ञापन–रहित अनुभव प्राप्त गर्न सकिन्छ (प्रायोजित खण्डहरूमा देखिने सबै भिडियोहरू) भने प्रिमियम लाइटसँग त्यस्तो कुनै पनि सुविधाहरू उपलब्ध नभएको उल्लेख गरिएको छ।

प्रिमियम लाइटमा डाउनलोड वा ब्याकग्राउण्ड प्लेब्याकहरू प्राप्त नगरे पनि गेमिङ, फेसन, ब्यूटी र समाचार जस्ता कोटीहरूमा “धेरै भिडियोहरू विज्ञापन–रहित” देखा पर्नेछ। म्युजिक कन्टेन्ट (सङ्गीत सामग्री), शट्र्स र सर्च वा ब्राउज गर्दा विज्ञापनहरू देखा पर्न सक्ने भनि सानो प्रिन्टमा यूट्युबले बताएको छ।

प्रिमियम लाइटको शुल्क प्रति महिना ७.९९ अमेरिकी डलर र प्रिमियमको लागि १३.९९ अमेरिकी डलर रहेको उल्लेख गरिएको छ। त्यसैले प्रिमियम लाइटको साथ प्रत्येक महिना ६ अमेरिकी डलर र ७२ अमेरिकी डलर प्रति वर्ष बचत गर्न सकिने बताइएको छ।

प्रिमियम लाइट अमेरिकी प्रयोगकर्ताहरूका लागि “पाइलट” को रूपमा उपलब्ध भएको बताइएको छ। हालको बिन्दुसम्ममा सीमित पाइलट आधारमा प्रस्ताव गरिएको जर्मनी, थाइल्याण्ड र अष्ट्रेलियाका सबै युट्युब प्रयोगकर्ताहरूका लागि आगामी हप्ताहरूमा यो विकल्पको रूपमा उपलब्ध हुनेछ। कम्पनीले यस वर्ष थप देशहरूमा आफ्ना प्रिमियम लाइट पाइलटहरू विस्तार गर्न जारी राख्ने उल्लेख गरेको छ।

यूट्युबको प्रिमियमसँग अहिले विश्वभर १२५ मिलियन भन्दा बढी सदस्यहरू रहेको र उक्त संख्यामा हाल परीक्षणमा संलग्न व्यक्तिहरू पनि समावेश रहेको उल्लेख गरिर्एको छ।

यूट्युब म्युजिकमा संगीत सुन्न वा कुनै पनि सामग्री डाउनलोड गर्न नचाहनेहरूमा ध्यान केन्द्रित गरेर लाइट धेरै मानिसहरूलाई आकर्षित गर्ने एउटा माध्यम जस्तो देखिन्छ भनि जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २३ फाल्गुन २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया