सात महिनामा १ हजार हाराहारी एटीएम मेशिन नेपाल भित्रियो

  • Technology Khabar | २४ फाल्गुन २०८१, शनिबार
सात महिनामा १ हजार हाराहारी एटीएम मेशिन नेपाल भित्रियो
सांकेतिक तस्विर

काठमाडौं ।

नेपालमा एटीएम मेशिनको आयात बढ्दो मात्रामा रहेको पाइएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा ९९० थान एटीएम मेशिन आयात भएको छ।

उक्त अवधिसम्म आयात भएको ९९० थान एटीएम मेशिनका लागि देशबाट १० करोड २१ लाख २५ हजार रुपैयाँ बाहिरिएको छ।

सरकारले उक्त परिमाणको एटीएम मेशिन आयातबाट यो अवधिमा ३ करोड ५ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित नाम नखुलेको एक ठाउँबाट एटीएम मेशिन आयात भएको छ।

यो अवधिमा सबैभन्दा बढी भारतबाट ६ करोड ८४ लाख ७ हजार बराबरको १४३ थान तथा चीनबाट ३ करोड ३७ लाख ३ हजार बराबरको ८२१ थान एटीएम मेशिन आयात भएको छ।

यस्तो छ विवरण:

क्र सं देश विवरण रकम
चीन ८२१ ३, ३७, ०३, ०००
भारत १४३ ६, ८४, ०७, ०००
नाम नखुलेको स्थान २६ १५
जम्मा ९९० १०, २१, २५, ०००

 

प्रकाशित: २४ फाल्गुन २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार