Technology Khabar २२ कार्तिक २०७५, बिहीबार
काठमाडौं ।
काठमाडौँ । सामसंगले निकै चर्चामा रहेको फोल्डेबल स्मार्टफोनको घोषणा गरेको छ । हाल यो स्मार्टफोन बजारमा नआएपनि कम्पनीले यसको लागि इन्फिनिटी फेल्क्स डिस्प्ले सार्वजनिक गरेको छ ।
कम्पनीले हालै आयोजना गरेको एनुअल डेभलपर्स कन्फ्रेन्स २०१८ मा नयाँ फोल्डेबल फोन देखाएको हो ।
यो फोन बजारमा आउन भने अझै समय लाग्ने बताईएको छ ।
कम्पनीले आफूले तयार पारेको ओएलईडी डिस्प्ले देखाएको हो । जसको बिचभागबाट डिस्प्लेलाई फोल्ड गर्न सकिन्छ । जून आगामी दिनमा फोल्डेबल ग्यालेक्सी फोनमा प्रयोग गरिनेछ । सो डिस्प्ले फोल्ड गर्दा स्मार्टफोनको साइजमा देखिन्छ भने पुरै खोल्दा ट्याबलेटको जस्तै देखिन्छ । यसलाई खोल्दा ७.३ इन्चको भ्यूईंग एरिया देखिन्छ ।
सासमंगले यो स्मार्टफोन डिस्प्ले आफ्नो डिभाइसहरुमा मात्र प्रयोग गर्ने नभई अन्य कम्पनीहरुलाई पनि उपलब्ध गराउने बताएको छ ।
यसका साथै कम्पनीले फोल्डेबल फोनको लागि वान यूजर इन्टरफेस सार्वजनिक गरेको छ । कम्पनी पूरै नयाँ र आकर्षक बनाउन यूआईलाई थप परिस्कृत गर्दै जाने उल्लेख गरेको छ । यो यूआईले एक हातले नै फोल्डेबल फोन प्रयोग गर्न सकिने किसिमको फीचर रहेको छ ।
सासमंगले यो स्मार्टफोन बजारमा कहिले ल्याउँछ भन्ने अझै स्पष्ट छैन् ।
प्रकाशित: २२ कार्तिक २०७५, बिहीबार