Technology Khabar १४ फाल्गुन २०८१, बुधबार
काठमाडौं ।
ट्रम्प प्रशासनले चीनमा सेमिकन्डक्टर प्रतिबन्धलाई थप कडा बनाउने योजना बनाइरहेको छ। ब्लूमबर्ग न्युजले सोमबार रिपोर्ट गरेअनुसार यसले बाइडेन प्रशासनले सुरु गरेको बेइजिङको प्रविधिगत उन्नति सीमित गर्ने प्रयासलाई निरन्तरता दिँदै विस्तार गर्ने बताइएको छ।
रिपोर्टअनुसार अमेरिकी अधिकारीहरूले हालै जापान र नेदरल्यान्ड्सका समकक्षीसँग छलफल गरेका छन्। छलफलमा टोक्यो इलेक्ट्रोन र एएसएमएलका इन्जिनियरहरूलाई चीनमा सेमिकन्डक्टर उपकरणको मर्मत सम्भार गर्न नदिनेबारे कुराकानी भएको थियो।
स्रोतहरूको भनाई उद्धृत गर्दै रिपोर्टले भनेअनुसार केही ट्रम्प अधिकारीहरू एनभिडियाका चीन निर्यात गरिने चिपहरूको मात्रा र प्रकारमा थप कडाई गर्न चाहन्छन् ताकि बिना लाइसेन्स चीनलाई ती चिपहरू उपलब्ध नगराइयोस्।
एनभिडिया प्रवक्ताले कुनै प्रतिक्रिया दिएनन्। जापानको अर्थतन्त्र, व्यापार तथा उद्योग मन्त्रालय (एमईटीआई) ले पनि टिप्पणी गर्न अस्वीकार गर्यो।
टोक्यो इलेक्ट्रोन, एएसएमएल, ह्वाइट हाउस र नेदरल्यान्ड्सको वैदेशिक व्यापार मन्त्रालयले रोयटर्सको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया दिएका छैनन्।
रिपोर्टअनुसार, ट्रम्पको लक्ष्य प्रमुख सहयोगी राष्ट्रहरूलाई अमेरिकी सेमिकन्डक्टर उपकरण कम्पनीहरू लाम रिसर्च, केएलए र एप्लाइड मटेरियल्स माथि लगाइएका जस्तै चीनविरुद्ध प्रतिबन्ध लगाउन राजी गराउनु हो।
प्रकाशित: १४ फाल्गुन २०८१, बुधबार