Technology Khabar १३ फाल्गुन २०८१, मंगलवार
काठमाडौं ।
नेपालमा इलेक्ट्रिक अलार्मको आयात पनि उल्लेख्य मात्रामा हुने गरेको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को माघ महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार माघ मसान्तसम्ममा ११ करोड ८३ लाख ६१ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक अलार्म आयात भएको छ।
इलेक्ट्रिक अलार्म विशेषगरी आगलागी हुँदा वा घर टोलमा चोरी डकैती हुँदा स्थानीयलाई तत्काल जानकारी दिनका लागि प्रयोग गरिने उपकरण हो।
यो अवधिसम्म माथि उल्लिखित रकम बराबरको ५२ हजार १९८ थान इलेक्ट्रिक अलार्म आयात भएको विवरणमा उल्लेख छ।
सरकारले उक्त परिमाणको इलेक्ट्रिक अलार्म आयातबाट यो अवधिमा २ करोड १६ लाख ३८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित विश्वका जम्मा १५ मुलुकबाट इलेक्ट्रिक अलार्म आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी चीनबाट ९३ करोड ८० लाख ९४ हजार रुपैयाँ बराबरको ३ लाख ६५ हजार ७९५ थान इलेक्ट्रिक अलार्म आयात भएको छ। यसैगरी ताइवानबाट ५८ लाख ६६ हजार बराबरको ८८१ थान, भारतबाट १३ हजा। बराबरको ८१ थान, भियतनामबाट १९ लाख ४ हजार बराबरको ६७ थान र इटलीबाट २ लाख ४२ हजार बराबरको ५० थान इलेक्ट्रिक अलार्म आयात भएको छ।
यसैगरी पोर्चुगलबाट ३ लाख ७५ हजार रुपैयाँ बराबरको २ थान तथा क्यानडा, हङकङ, मेक्सिको र कतारबाट समान १-१ इलेक्ट्रिक अलार्म आयात भएको छ जसको मूल्य शून्यदेखि २ लाख ८३ हजारसम्म रहेको प्रतिवेदनमा उल्लेख छ।
प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार