Technology Khabar १३ फाल्गुन २०८१, मंगलवार
काठमाडौं ।
युरोपियन फूड डेलिभरी कम्पनी जस्ट इट टेकअवे डटकम डच प्रविधि लगानीकर्ता प्रोससद्वारा ४.१ अर्ब युरो (४.३ अर्ब डलर) को सम्पूर्ण नगद सम्झौतामा अधिग्रहण हुन लागिएको छ।
यस प्रस्तावले जस्ट इटका सेयरहरूलाई प्रति सेयर २०.३ युरो मूल्य दिएको छ, जसले शुक्रबार कम्पनीको बन्द मूल्यको तुलनामा ६३ प्रतिशत प्रिमियम दर्शाउने सीएनबीसीले उल्लेख गरेको छ।
“हामी जस्ट इट टेकअवे डटकमलाई प्रोसस समूहमा स्वागत गर्न उत्साहित छौं र एउटा युरोपियन प्रविधि च्याम्पियन सिर्जना गर्ने अवसरलाई लिएर रोमाञ्चित छौं,” प्रोसस र नास्पर्स समूहका सीईओ फ्याब्रिसिओ ब्लोइसीले एक विज्ञप्तिमा भने।
“प्रोससको बलियो प्रविधि र लगानी क्षमताहरू तथा जस्ट इट टेकअवे डटकमको प्रमुख युरोपियन बजारहरूमा अग्रणी ब्रान्ड स्थानको संयोजनले हाम्रा ग्राहक, चालक, साझेदार र सेयरधनीहरूका लागि ठूलो मूल्य सिर्जना गर्ने हामी विश्वास गर्छौं,” ब्लोइसी भने।
प्रकाशित: १३ फाल्गुन २०८१, मंगलवार