
काठमाडौं ।
स्पेसएक्सले शनिबार साँझ (फेब्रुअरी २२) दक्षिण क्यालिफोर्नियाबाट आफ्ना अर्को समूहका स्टारलिंक इन्टरनेट उपग्रह प्रक्षेपण गरेको छ।
२२ वटा स्टारलिंक उपग्रह बोकेको फाल्कन ९ रकेट साँझ ८:३८ बजे (पूर्वी समयअनुसार) भान्डेनबर्ग स्पेस फोर्स स्टेशनबाट प्रक्षेपण गरिएको थियो। यो स्थानीय समयअनुसार साँझ ५:३८ बजे वा विश्वव्यापी समय (जीएमटी) अनुसार फेब्रुअरी २३ को ०१:३८ बजे भएको थियो।
योजनाअनुसार फाल्कन ९ को पहिलो चरण प्रक्षेपणपछि करिब आठ मिनेटमै पृथ्वीमा फिर्ता आएको थियो। यो प्रशान्त महासागरमा रहेको ” अफ कोर्स आइ स्टिल लभ यू” नामक ड्रोन जहाजमा सफलतापूर्वक अवतरण गरिएको थियो।
स्पेसएक्सका अनुसार यो बूस्टरको ११औँ प्रक्षेपण तथा अवतरण हो, जसमा स्टारलिंक मिसनका लागि आठौँ पटक प्रयोग गरिएको हो। त्यसैगरी, फाल्कन ९ को माथिल्लो चरणले स्टारलिंक उपग्रहहरूलाई पृथ्वीको निम्न कक्ष (एलईओ) तर्फ लैजाने कार्य जारी राख्यो। ती उपग्रहहरू प्रक्षेपण भएको करिब ६२ मिनेटपछि तैनाथ गरिने योजना भएको स्पेस डटकमले उल्लेख गरेको छ।
प्रकाशित: ११ फाल्गुन २०८१, आईतवार