Technology Khabar ७ फाल्गुन २०८१, बुधबार
काठमाडौं ।
ओपनएआईले आफ्ना निर्देशकहरूको अधिकार जोगाउन गैर-नाफामुखी बोर्डलाई विशेष मतदान अधिकार दिने विषयमा विचार गरिरहेको छ। च्याटजीपीटी निर्माण गर्ने यो कम्पनी ईलन मस्कको अनधिकृत अधिग्रहण प्रयास रोक्न प्रयासरत रहेको फाइनान्सियल टाइम्सले मंगलबार रिपोर्ट गरेको छ।
रोयटर्सका अनुसार मुख्य कार्यकारी अधिकृत साम अल्टम्यान र बोर्ड सदस्यहरूले नयाँ प्रशासनिक उपायहरूको मूल्यांकन गरिरहेका छन्, किनभने कम्पनी परम्परागत नाफामुखी संरचनाबाट नाफामुखी मोडेलमा रूपान्तरण हुँदैछ। छलफलको प्रत्यक्ष जानकारी भएका व्यक्तिहरूलाई उद्धृत गर्दै रिपोर्टले उल्लेख गरेको छ।
ओपनएआईले रोयटर्सको टिप्पणी अनुरोधमा तत्काल प्रतिक्रिया दिएको छैन।
यसबारे कुनै ठोस निर्णय भइनसकेको तर यो कदमले मस्कबाट हुने सम्भावित अनधिकृत अधिग्रहण प्रयासहरू रोक्न मद्दत गर्न सक्ने बताइएको छ। अल्टम्यानसँगै मस्कले ओपनएआईको स्थापना गरेका थिए तर पछि कम्पनी छोडेका थिए।
शुक्रबार ओपनएआईले मस्कको नेतृत्वमा बनेको समूहको ९७.४ अर्ब डलरको अधिग्रहण प्रस्ताव अस्वीकार गरेको थियो। स्टार्टअप बिक्रीको लागि नभएको भन्दै ओपनएआईले भविष्यमा आउने कुनै पनि प्रस्तावलाई अविश्वसनीय भनेको छ।
मस्कको यो प्रस्ताव ओपनएआईले नाफामुखी रहने प्रयासस्वरूप आएको हो, किनभने कम्पनी कृत्रिम बुद्धिमता प्रतिस्पर्धामा टिक्न थप लगानी खोजिरहेको छ।
यदि लागू भएमा, विशेष मतदान अधिकारले गैर-नाफामुखी बोर्डलाई प्रमुख लगानीकर्ताहरू, जस्तै माइक्रोसफ्ट र सफ्टब्याङ्क माथि निर्णय गर्ने अधिकार सुरक्षित राख्न मद्दत गर्ने रिपोर्टले उल्लेख गरेको छ।
प्रकाशित: ७ फाल्गुन २०८१, बुधबार