क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या दुवै बढ्दो, पौषमा मात्र ९३ करोडमाथिको कारोबार

Technology Khabar २९ माघ २०८१, मंगलवार

क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या दुवै बढ्दो, पौषमा मात्र ९३ करोडमाथिको कारोबार
QR Code contactless Pay. Picture: freepik.com

काठमाडौं ।

नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या पछिल्लो दुई महिनामा बढ्दै गएको पाइएको छ। नेपाल राष्ट्र बैंक सार्वजनिक गरेको चालु आर्थिक वर्षको पौष महिनासम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या कम्तीमा पछिल्लो तीन महिनामा लगातार बढेको पाइएक हो।

असोजबाट कार्तिक महिनामा जाँदा क्यूआर कोड मार्फत हुने कारोबार रकम र सङ्ख्या घटेको थियो। तर कार्तिकबाट मंसिर तथा मंसिरबाट पौषमा जाँदा कारोबार रकम र सङ्ख्या दुवैमा उल्लेख्य वृद्धि भएको पाइएको छ।

क्यूआरमार्फत् हुने कारोबार सङ्ख्या

गत असोजबाट कार्तिकमा आउँदा कारोबार सङ्ख्यामा ११ लाख ८५ हजार ५९९ गिरावट आई १ करोड ९३ लाख ११ हजमर ४४५ मा झरेको थियो। तर कार्तिकबाट मंसिरमा जाँदा ४० लाख ३१ हजा। २३९ बढेर २ करोड ३३ लाख ४२ हजार ६८४ मा पुग्यो। यो बढ्ने क्रम मंसिरबाट पौषमा जाँदा पनि जारी रह्योर उक्त अवधिमा क्यूआर मार्फत् हुने कारोबार सङ्ख्यामा ११ लाख ७४ हजार ३९२ ले वृद्धि भएर समग्रमा २ करोड ४५ ला १७ हजार ७६ पुगेको प्रतिवेदनले देखाएको छ।

क्यूआरमार्फत् हुने कारोबार रकम

असोजबाट कार्तिकमा जाँदा क्यूआर मार्फत् हुने कारोबार रकम ३ अर्ब ५५ करोड ८० लाख घटेर ६६ अर्ब ८७ करोड १० लाख मा झरेको थियो। तर कार्तिकबाट मंसिरमा जाने क्रममा ५ अर्ब ४३ करोड बढेर ७२ अर्ब २९ करोड २० लाखमा उक्लियो। यो क्रम अर्को महिना अर्थात् मंसिरदेखि पौष लाग्दा पनि कायमै रह्यो। उक्त अवधिमा क्यूआर मार्फत् हुने कारोबार रकम ९३ करोड ५० लाख बढेर ७३ अर्ब २२ करोड ५० लाखमा पुगको छ।

प्रकाशित: २९ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया