सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष लीको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन हुने

  • Technology Khabar | २६ माघ २०८१, शनिबार
सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष लीको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन हुने

काठमाडौं ।

दक्षिण कोरियाली अभियोजनकर्ताहरूले सन् २०१५ मा भएको मर्जरसम्बन्धी सबै आरोपबाट निर्दोष ठहरिएका सामसङ इलेक्ट्रोनिक्सका अध्यक्ष जे वाई लीको मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गर्ने भएका छन्।

विश्वकै ठूलो मेमोरी चिप र स्मार्टफोन निर्माता सामसङ इलेक्ट्रोनिक्स बढ्दो प्रतिस्पर्धा र कमजोर स्टक मूल्यसँग जुधिरहेका बेला लीले लामो समयदेखि कानूनी जोखिम सामना गरिरहेका छन्।

सामसङले यो विषयमा कुनै प्रतिक्रिया दिएको छैन।

रोयटर्सका अनुसार फेब्रुअरी ३ मा, सियोल उच्च अदालतले सामसङका दुई सहायक कम्पनीहरूबीचको ८ अर्ब डलरको २०१५ को मर्जरसम्बन्धी अभियोजनकर्ताहरूले लगाएका सबै आरोप खारेज गर्ने तल्लो अदालतको फैसला कायम राखेको छ। अभियोजनकर्ताहरूले उक्त मर्जर लीले कम्पनीमाथि आफ्नो नियन्त्रण बलियो बनाउन डिजाइन गरेको बताएका थिए।

लीले आफू निर्दोष रहेको दावी गर्दै “निजी फाइदाका लागि लगानीकर्तालाई धोखा दिन वा हानि पुर्‍याउन कुनै पनि उद्देश्य नरहेको” बताएका थिए। अपिल अदालतले उक्त मर्जरले अल्पसंख्यक सेयरधनीहरूलाई आर्थिक क्षति पुर्‍याएको अभियोजनकर्ताको दावी खारेज गरेको छ।

करिब एक दशकदेखि ली कानूनी चुनौतीहरूको सामना गर्दै आएका छन्, जसमा २०१४ मा उनको पिता ली कुन हीलाई हृदयाघात भएपछि उनको उत्तराधिकारको बाटो खोल्ने मर्जरसम्बन्धी मुद्दासमेत रहेका छन्।

उनी घूसकाण्डमा १८ महिना जेल परेका थिए र २०२१ मा रिहा भएका थिए। यो काण्डले ठूला प्रदर्शनहरू निम्त्याएको थियो र अन्ततः २०१७ मा तत्कालीन राष्ट्रपति पार्क गुन हेको पतनको कारण बनेको रोयटर्सले उल्लेख गरेको छ।

प्रकाशित: २६ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार

Amazon surges to more than $3 tn in market value for 1st time

  • Technology Khabar
  • २६ माघ २०८१, शनिबार