
काठमाडौं ।
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले काठमाडौँको मध्य बानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा एटिएम सेवा सञ्चालनमा ल्याएको छ ।
यसले गर्दा मध्य बानेश्वर क्षेत्र र वरपरका जनताको बैंकसंगको पहुँच बढ्ने विश्वास बैंकले लिएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना ८० वटा शाखा, ७६ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव तीन लाख पचास हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको जनाएको छ ।
प्रकाशित: २९ आश्विन २०७५, सोमबार