भारतले स्मार्टफोनका केही पार्टपुर्जाको आयात कर हटायो

  • Technology Khabar | २३ माघ २०८१, बुधबार
भारतले स्मार्टफोनका केही पार्टपुर्जाको आयात कर हटायो

काठमाडौं ।

भारतले स्मार्टफोन निर्माणका लागि आवश्यक पर्ने धेरै प्रमुख कम्पोनेन्टहरूमा आयात शुल्क हटाएको छ।

यस कदमलाई घरेलु उत्पादन प्रयासलाई प्रोत्साहन गर्ने पाइलाको रूपमा हेरिएको छ भनि टेलिग्राफले रिपोर्ट गरेको छ।

भारतमा इलेक्ट्रोनिक्स उत्पादन विगत ६ वर्षमा दोब्बरभन्दा बढी भएर सन् २०२४ सम्ममा ११५ अर्ब डलर पुगेको छ।

योसँगै भारत मोबाइल फोनको विश्वको दोस्रो ठूलो उत्पादक बनेको बताइएको छ।

एप्पलले सन् २०२४ सम्म कुल राजस्वमा २३ प्रतिशत सेयरको साथ भारतीय स्मार्टफोन बजारको नेतृत्व गरेको छ भने सामसङले २२ प्रतिशतको साथ पछ्याएको रिसर्च फर्म काउन्टरपोइन्टले उल्लेख गरेको छ।

उक्त सूचीमा मोबाइल फोनहरू एसेम्बल गर्ने कम्पोनेन्टहरू समावेश रहेको छन् र जसमा पहिले २.५ प्रतिशत कर लगाइने गरिएको थियो।

यस कटौतीले भारतलाई अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्यारिफ धम्कीका कारण विश्वव्यापी व्यापारको लागि सम्भावित विघटनकारी वर्षको सामना गर्न मद्दत गर्नेछ भनि टेलिग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २३ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...