सन् २०२५ मा नाफामा वृद्धि हुने पेपलको अपेक्षा

Technology Khabar २३ माघ २०८१, बुधबार

काठमाडौं ।

ब्रान्डेड चेकआउट उत्पादनहरू सन् २०२४ का लागि पेपलको मजबुत मार्जिन र मुनाफामा सुधारको मुख्य विशेषता बनेका छन्। यिनीहरुमा पेपलका मुख्य भुक्तानी सेवाहरू समावेश छन्।

धेरै वर्षसम्म असमान परिणाम देखिएपछि यो भुक्तानी कम्पनीको लागि सकारात्मक परिणाम आएको हो।

रोयटर्सका अनुसार उपभोक्ता खर्च पनि स्थिर नै रहेको छ। उच्च ब्याजदर र घट्दो बचतप्रति चिन्ता नगरी अमेरिकनहरूले यात्रा देखि लिएर अनलाइन किनमेलसम्म धेरै क्षेत्रमा खर्च गर्न जारी राखेका छन्। पेपलले २०२५ मा लेनदेन मार्जिन ४ प्रतिशत देखि ५ प्रतिशतको बीचमा वृद्धि हुने अपेक्षा गरेको छ।

विश्लेषक र लगानीकर्ताहरू यस वर्षको भुक्तानी क्षेत्रको भविष्यप्रति आशावादी छन्। तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनद्वारा चीनमाथि हालै लगाइएको शुल्कहरू महँगी बढाउने सम्भावना रहेको देखिएको छ।

पहिलो त्रैमासिकका लागि पेपलले प्रति सेयर १.१५ देखि १.१७ डलरको बीचमा समायोजित मुनाफा हुने अपेक्षा गरेको छ, जुन १.१४ को अपेक्षाभन्दा बढी हो।

छुट्टीको मौसममा क्रिसमस, धन्यवाद दिवस, ब्ल्याक फ्राइडे र साइबर मन्डेमा खुद्रा व्यापारीहरूले धेरै छुट दिएपछि खरिदकर्ताहरूलाई आकर्षित गरेको रोयटर्सले उल्लेख गरेको छ।

पेपलको विशुद्ध आम्दानी ४ प्रतिशतले वृद्धि भएर सन् २०२४ को चौथो त्रैमासिकमा ८.४ अर्ब डलर पुगेको छ। कुल भुक्तानी मात्रा ७ प्रतिशतले वृद्धि भएको छ जुन परम्परागत कार्ड नेटवर्कहरू भिजा र मास्टरकार्ड का नतिजाहरू जस्तै देखिएको छ।

कम्पनीले चौथो त्रैमासिकमा समायोजित प्रति सेयर १.१९ डलर मुनाफा कमाएको छ, जुन १.१२ डलरको अनुमानभन्दा माथि हो। पेपलका सेयरहरू २०२४ मा करिब ४० प्रतिशतले वृद्धि भएका छन्। यसले व्यापक बजारलाई उछिन्दै तीन वर्षसम्मको लगातार वार्षिक गिरावटलाई अन्त्य गरेको छ।

प्रकाशित: २३ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया