के फोल्डेबल आईफोन अब वास्तविकताको एक कदम नजिक छ? यस्तो छ सम्भावना

  • Technology Khabar | २२ माघ २०८१, मंगलवार
के फोल्डेबल आईफोन अब वास्तविकताको एक कदम नजिक छ? यस्तो छ सम्भावना

काठमाडौं ।

वर्षौंदेखि प्रविधि पारखीहरूलाई उत्साहित बनाएको एप्पलको फोल्डेबल फोन अब कथित रूपमा वास्तविकतामा रूपान्तरणको एक कदम अगाडि बढ्न तयार भएको छ।

फोल्डेबल आईफोनको स्क्रिनको लागि कम्पनीले यो महिनाको अन्त्य वा अप्रिलको शुरुवातमा आपूर्तिकर्ताको बारेमा निर्णय गर्ने अपेक्षा गरिएको छ।
एप्पलले आफ्नो फोल्डेबल आईफोनका लागि स्क्रिन निर्माताहरूलाई कडा आवश्यकताहरूको सेट प्रस्ताव गरेको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफ रिपोर्टले गरेको छ।

धेरै टेक्नोलोजी आविष्कारहरूमा प्रायः ढिलो गर्ने गरेको र सधैँ जसो “एप्पल वे” (एप्पलको आफ्नै तरिकाममा) चीजहरू गर्न रुचाउने कम्पनीको तवरमा विचित्र सुविधाहरू र पूर्णताको खोजी समावेश हुने गरेको छ।

त्यसैगरी एप्पलसँग फोल्डेबल आईफोनको लागि पनि समान योजनाहरू रहेको र कम्पनिले कुनै जोखिम लिन नचाहेको थाहा हुन आएको छ।

निर्माताहरू पनि कथित रूपमा एप्पलले अनुरोध गरेको प्रकारको स्क्रिनहरू उत्पादन गर्न नजिक पुगेको बताइएको छ। एक पटक कम्पनीले आपूर्तिकर्ता छनोट गरेपछि फोल्डेबल आईफोनमा काम हुने उल्लेख गरिएको छ।

केही धेरै आशावादी रिपोर्टहरूले फोल्डेबल डिभाइस सन् २०२५ मा पेश गर्न सकिने दाबी गरेको छन्। यद्यपि यो सम्भाव्यता न्यून रहेको उल्लेख गरिएको छ।

त्यसैगरी सन् २०२६ मा पनि डिभाइसको आउने सम्भावना नभएको हुनाले सन् २०२७ सम्म फोल्डेबल आईफोनको कुनै आशा नभएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार