एप्पलले म्याकका लागि तयार पारेको एआर ग्लासेसको विकास रोक्यो

  • Technology Khabar | २३ माघ २०८१, बुधबार
एप्पलले म्याकका लागि तयार पारेको एआर ग्लासेसको विकास रोक्यो

काठमाडौं ।

एप्पलले एक जोडी नयाँ अगुमेन्टेड रियालिटी (एआर) स्मार्ट ग्लासेसको विकास रद्द गरेको छ। एप्पलले म्याक कम्प्युटरका लागि भनेर तयार पार्न लागेको उक्त नयाँ एआर स्मार्ट ग्लासले भिजन प्रो हेडसेटले जस्तो स्ट्यान्डअलोन काम नगर्ने उल्लेख छ।

कम्पनीले यसै साता आयोजना बन्द गरेको ब्लूमबर्गका मार्क गुरमनको नयाँ रिपोर्टले उल्लेख गरेको छ। यो डिभाइस (स्मार्ट ग्लास/चश्मा) सामान्य चश्मा जस्तो देखिने भएतापनि यसको बिल्ट–इन प्रोजेक्टरहरूले प्रत्येक आँखाको लागि ‘फिल्ड अफ भ्यू’ मा जानकारी, तस्बिरहरू र भिडियोहरू प्रदर्शन गर्ने उल्लेख गरिएको छ।

प्रयोगकर्ताले के गरिरहेको छ भन्ने आधारमा टिन्ट परिवर्तन हुने/गर्ने लेन्सहरू समावेश गर्न एप्पलले काम गरेको चाखलाग्दो जानकारी बाहिरिएको छ। भिजन प्रोको कमजोर बिक्री प्रदर्शन पछि यो परियोजनालाई एप्पलको लागि अगाडि बढ्ने बाटोको रूपमा हेरिएको थियो।

यी ग्लासेस भिजन प्रोको विपरित “दैनिक प्रयोगकर्ताहरूले अँगाल्न सक्ने” तवरमा तयार पार्न लागिएको उल्लेख छ। तिनीहरू (एआर स्मार्ट ग्लासेस)को लागि “सही लागतमा” र समावेश गरिने सही प्रविधि फेला पार्नको लागि धेरै जटिल साबित भएको हुनाले कम्पनीले योजना छोड्ने निर्णय गरेको रिपोर्टमा भनिएको छ।

एप्पल आफ्नो स्मार्ट ग्लासेसका साथ प्रतिस्पर्धामा नउत्रिने भएकाले मेटा अब ढुक्क हुन सक्नेछ। मेटासँग हाल रे–ब्यान कोल्याबरेसन स्मार्ट ग्लासेस रहेको छ र यो एक मिलियन भन्दा बढी एकाइहरू बेचिसकेको छ भने यसले सन् २०२७ मा लन्च हुने एआर संस्करणमा काम गरिरहेको उल्लेख छ।

एप्पलले सुरुमा आफ्नो ग्लासेस (चश्मा) लाई आईफोनसँग पेयर (जोड्न) गर्न चाहेको तर यसले पर्याप्त प्रोसेसिङ पावर प्रदान गर्न नसकेको र पेयरिङले पनि आईफोनको ब्याट्री एकदम छिटो खपत गरेको थियो। त्यस पछि एप्पलले यसलाई म्याकसँग पेयरिङ गर्ने योजना गरेको थियो। यद्यपि, म्याक–कनेक्टेड प्रोडक्टले “कार्यकारीहरूसँग समीक्षा गर्दा खराब प्रदर्शन गरेको र इच्छित सुविधाहरू परिवर्तन हुन जारी रहेको” रिपोर्टले दावी गरेको छ।

प्रकाशित: २३ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...