स्याटेलाइट सङ्ख्या वृद्धि गर्ने रुसको योजना

  • Technology Khabar | १६ माघ २०८१, बुधबार
स्याटेलाइट सङ्ख्या वृद्धि गर्ने रुसको योजना
सांकेतिक तस्बिर

काठमाडौं ।

रुसले सन् २०३० सम्ममा आफ्नो उपग्रहको सङ्ख्या ६५० पुर्याउने योजना बनाएको रुसको अन्तरिक्ष निगम रोस्कोसमोसका प्रमुख युरी बोरिसोभले मङ्गलबार बताउनुभएका छन्। बोरिसोभले यस अन्तर्गत व्यावसायिक उपग्रहहरू समावेश नरहेको बताए।

“यस वर्ष, हामी एक महत्वाकांक्षी राष्ट्रिय परियोजना सुरु गर्दैछौं, जसले अन्तरिक्षमा हाम्रो उपस्थितिलाई बलियो बनाउने छ। हाम्रो उद्योगलाई प्राविधिक सार्वभौमसत्ता प्राप्त गर्न मद्दत गर्नेछ,” उनले थपे। रुसको कन्स्टेलेशनमा हाल २८८ उपग्रह रहेको छ।-रासस/सिन्ह्वा

प्रकाशित: १६ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...