
काठमाडौं ।
सामसङले आफ्नो अनप्याक्ड २०२५ ईभेन्ट (कार्यक्रम) मा ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ अल्ट्रा सहितका आफ्ना नवीनतम ग्यालेक्सी फोनहरू घोषणा गरेको छ।
हार्डवेयर वास्तवमा उक्त “शोको स्टार” नभएको विदेशी मिडियाले लेखेको भनि टेलिग्राफले उल्लेख गरेको छ।
कार्यक्रममा सामसङको आर्टिफिसियल इन्टेलिजेन्सको बारेमा चर्चा भएको र कम्पनीले यसलाई कसरी आफ्नो फोनहरूमा निर्माण गरिहेको छ भन्ने बारेमा चर्चा भएको उल्लेख गरिएको छ।
सामसङले कार्यक्रममा ग्यालेक्सी एस२५ एजको पनि “उल्लेख” गरेको बताइएको छ। यद्यपि अफवाहमा रहेको उक्त “पातलो” फोनको बारेमा भने अन्य विवरणहरू प्रदान नगरेको उल्लखे छ।
उक्त अनप्याक्ड ईभेन्ट (कार्यक्रम) को क्रममा सामसङले ग्यालेक्सी एस२५ लाइनअपका विवरणहरूको प्रस्तुत गरेको उल्लेख छ।
ग्यालेक्सी एस२५ को ७९९.९९ अमेरिकी डलर र एस२५ प्लसको ९९९.९९अमेरिकी डलरमा मूल्य सुरु हुने बताइएको छ भने एस२५ अल्ट्राको प्रवेश–स्तर कन्फिगरेसनको मूल्य १,२९९.९९ अमेरिकी डलर कायम गरिएको उल्लेख छ।
त्यसैगरी ग्यालेक्सी एस२५ लाइनअपका फोनहरूलाई तिनीहरूको फेब्रुअरी ७ तारिखको लन्च अघि पूर्व–अर्डर गर्न सकिने बताइएको छ।
थोरै “कर्भियर” ग्यालेक्सी एस२५ अल्ट्राको अपवाद बाहेक फोनहरू धेरै फरक नदेखिएको वा महसुस नभएको बताइएको छ।
एस२५ परिवारको सबैभन्दा उल्लेखनीय हार्डवेयर अपग्रेड भनेको स्न्यापड्रागन एलिट ८ भएको बताइएको छ जुन स्न्यापड्रागन ८ जेन ३ चिप भन्दा ४० प्रतिशत छिटो भएको र परिष्कृत सामसङ ग्यालेक्सी एआई अनुभवलाई समर्थन गर्न नयाँ प्रोसेसिङ इकाईको साथ आएको उल्लेख छ।
कम्पनीले मल्टिमोडल र जेनेरेटिभ आर्टिफिसियल इन्टेलिजेन्स सुधारहरू पनि प्रस्तुत गरेको बताइएको छ भने गुगलको नयाँ जेमिनी सुविधाहरू ल्याउने ग्यालेक्सी एस२५ लाइन कथित रूपमा पहिलो मध्ये एक हुनेछ भनि टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ११ माघ २०८१, शुक्रबार