वातावरणीय प्रभाव घटाउन एस२५ को ब्याट्रीमा पुनः प्रयोग गरिएको कोबाल्ट राखिएको सामसङको दाबी

  • Technology Khabar | ११ माघ २०८१, शुक्रबार
वातावरणीय प्रभाव घटाउन एस२५ को ब्याट्रीमा पुनः प्रयोग गरिएको कोबाल्ट राखिएको सामसङको दाबी

काठमाडौं ।

सामसङले ग्यालेक्सी एस२५ स्मार्टफोनहरूले इलेक्ट्रोनिक्सको वातावरणीय प्रभाव घटाउन थप कदम उठाएको घोषणा गरेको छ। यो सिरिजले लिथियम-आयन ब्याट्रीहरूमा ५० प्रतिशत पुनः प्रयोग गरिएको कोबाल्ट प्रयोग गरिएको दाबी गरेको छ जुन पहिले प्रयोग भएका ग्यालेक्सी ब्याट्रीहरूबाट प्राप्त गरिएको हो। ग्यालेक्सी एस२४ मा भने यो सामग्री रिसाइक्लिङ कम्पनीहरूसँग खरिद गरिन्थ्यो।

कम्पनीले सर्कुलर ब्याट्री सप्लाइ चेन स्थापना गरेको छ जसले पुराना ब्याट्रीबाट कोबाल्ट निकालेर ग्यालेक्सी एस२५ मा प्रयोग गर्ने बहु-चरणीय प्रक्रिया अपनाउँछ।

रिपोर्ट अनुसार यो प्रक्रिया ग्यालेक्सी स्मार्टफोन संकलन गरेर सुरु हुन्छ, जसलाई ट्रेड इन कार्यक्रमहरू वा विशेष ब्याट्री संकलन कन्टेनरहरूबाट प्राप्त गरिन्छ। त्यसपछि, तिनलाई ” ब्ल्याक मास” भनिने टुक्रामा चिरिन्छ, र त्यसबाट कोबाल्ट निकालिन्छ।

निकालिएको सामग्रीलाई क्याथोड कम्पोनेन्टहरू बनाउन प्रयोग गरिन्छ, जसले थर्मल स्थायित्व सुधार्न र अधिक गर्मीको सम्भावना कम गर्न मद्दत गर्छ। अन्तिम चरणमा, ब्याट्रीलाई पुनः प्याक गरिन्छ।

सामसङका अनुसार, ब्याट्रीको तौलको २५ प्रतिशत कोबाल्टले ओगटेको छ, जसको अर्थ पूरा सेलको १२.५ प्रतिशत पुनः प्रयोग गरिएको सामग्रीबाट बनेको छ।

कोबाल्ट स्मार्टफोन ब्याट्रीहरूको लागि आवश्यक हुन्छ।

प्रकाशित: ११ माघ २०८१, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...