Technology Khabar ७ माघ २०८१, सोमबार
काठमाडौं ।
चीनले टिकटकपछि क्यापकटसहित चिनियाँ मूलका अन्य १२ लोकप्रिय एप्लिकेशनमाथि प्रतिबन्ध लगाएकोका टिकटकको प्रतिबन्ध फुके पनि अन्यको भने कायमै रहेको छ।
गत वर्ष पारित गरिएको नयाँ कानूनले टिकटकको चिनियाँ मूल कम्पनी बाइटडान्सलाई सन् २०२५ को जनवरी १९ तारिख सम्ममा स्वामित्व बेच्न आदेश दिएको थियो।
यदि त्यसो नगरेको खण्डमा भने प्लेटफर्मलाई एप स्टोरबाट हटाउनु पर्ने थियो।
बाइटडान्सले एप बेच्न अस्वीकार गरेका कारण आइतबारदेखि यो एपमाथि प्रतिबन्ध लागू भएको थियो तर १२ घण्टामै सुचारु भइसकेको छ। तर बाइटडान्सको स्वामित्वमा रहेको प्लेटफर्म टिकटक मात्र नभएको विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफ रिपोर्ट गरेको छ।
कम्पनीसँग टिकटकका साथै क्यापकटको पनि स्वामित्व रहेको छ जसले जनवरी १९ को मध्यरादेखि सेवा निलम्बित गरेको उल्लेख छ।
“माफ गर्नुहोस्, क्यापकट हाल उपलब्ध छैन” भनेर एपको पृष्ठमा देखिने बताइएको छ।
“क्यापकटलाई प्रतिबन्ध लगाउने नयाँ कानून अमेरिकामा पारित भएको छ। यसको मतलब तपाईंले यस समयमा क्यापकट प्रयोग गर्न सक्नुहुन्न। ढुक्क हुनुहोस्, हामी अमेरिकामा हाम्रो सेवा पुनर्स्थापित गर्न काम गरिरहेका छौं। कृपया सम्पर्कमा रहनुहोस्! यस बीचमा, तपाईं अझै पनि आफ्नो खाता डाटा व्यवस्थापन गर्न सक्नुहुन्छ” भनेर उल्लेख गरिएको छ।
यसको विपरित, हालसालै यस हप्ता, यूएसए टुडेले टिकटकलाई लक्षित कानूनले क्यापकटलाई प्रभाव पार्छ वा पार्दैन भन्ने बारेमा भने स्पष्ट नभएको उल्लेख गरेको छ।
टिकटक झैं अन्य प्रतिबन्धित एप्लिकेशनहरु फुकुवा हुन्छन् या हुदैनन्भ भन्ने केही दिनमा प्रस्ट हुने आकलन गर्न सकिन्छ।
प्रकाशित: ७ माघ २०८१, सोमबार