Technology Khabar ५ माघ २०८१, शनिबार
काठमाडौं ।
आगामी सामसङ ग्यालेक्सी एस२५ स्लिम ६.४ मिमी पातलो हुने रेन्डरहरूले देखाएको छ। यद्यपि आईफोन १७ एयर अझ पातलो हुने उल्लेख गरिएको छ।
ग्यालेक्सी एस२५ स्लिमलाई आगामी ग्यालेक्सी एस२५ परिवारको बाँकी अन्य डिभाइससँग तुलना गर्दा कस्तो भिन्नता रहेको छ भन्ने बारेमा अनलीक्सले खुलासा गरेका उल्लेख छ।
प्रख्यात लीकर अनलीक्सले ग्यालेक्सी एस२५ परिवारका सबै चार सदस्यहरूको मोटाई तुलना गर्ने तस्बिर पोस्ट गरेको उल्लेख छ।
अनलीक्सले गरेको उक्त पोस्टमा सबैभन्दा छोटो लम्बाइ एस२५ को देख्न सकिन्छ भने एस२५ स्लिम र एस२५+ को लम्बाइ समान देखिएको छ। त्यसैगरी सबैभन्दा लामो लम्बाइ एस२५ अल्ट्राको रहेको छ। यसबाहेक लम्बाइ समान देखिएको हुनाले एस२५ स्लिम मूलतया पातलो एस२५+ भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ५ माघ २०८१, शनिबार