पृथ्वीबाट ‘ग्रहहरुको परेड’ जनवरी २५ तारिखमा देखिने

  • Technology Khabar | ५ माघ २०८१, शनिबार
पृथ्वीबाट ‘ग्रहहरुको परेड’ जनवरी २५ तारिखमा देखिने

काठमाडौं ।

सन् २०२५ को जनवरी २५ तारिखमा एक दुर्लभ खगोलीय घटना आकाशमा हुन गइरहेको छ र यो संसारको लगभग सबै भागबाट देख्न सकिनेछ।

प्ल्यानेटरी परेड वा परेड अफ प्लानेट भनिने उक्त एउटा अत्यन्तै दुर्लभ खगोलीय घटनामा सौर्यमण्डलका कम्तीमा ६ वटा ग्रहहरू शुक्र, मंगल, बृहस्पति, शनि, वरुण (नेप्च्युन) र अरुण (युरेनस) एकसाथ पङ्क्तिबद्ध हुनेछन् जुन पृथ्वीबाट देखिनेछन्।

अरुण (युरेनस) र वरुण (नेप्च्युन) हेर्नको लागि टेलिस्कोपको आवश्यकता पर्नेछ भने अन्य चार ग्रहहरू शुक्र, मंगल, बृहस्पति र शनिलाई आफ्नो नाङ्गो आँखाले देख्न सकिने नासाले उल्लेख गरेको छ।

यो दृश्य हेर्नको लागि सूर्यास्त पछिको समय उत्तम हुनेछ। यद्यपि संसारभर, यो फरक समयमा देखिने उल्लेख गरिएको छ। त्यसैले आ–आफ्नो स्थानीय सूर्यास्तको निश्चित समय थाहा पाइराख्नको लागि सबैलाई आग्रह गरिएको छ।

यस्तो छन् स्थान र समयः–
साओ पाउलो, ब्राजिलः साँझ ६ः५९ बजे
लाओस, नाइजेरियाः अपरान्ह ५ः४४ बजे
न्यूयोर्क सिटी, संयुक्त राज्य अमेरिकाः अपराह्न ४ः४८ बजे
टोरन्टो, क्यानडाः अपराह्न ४ः५३ बजे
लन्डन, बेलायतः अपरान्ह ४ः११ बजे
सिड्नी, अष्ट्रेलियाः बेलुका ८ः२३ बजे
मेक्सिको सिटी, मेक्सिकोः साँझ ६ः०८ बजे
अबुधाबी, युएईः अपरान्ह ५ः३० बजे
हङकङ, चीनः साँझ ६ः०३ बजे
एथेन्स, ग्रीसः अपरान्ह ५ः१५ बजे
टोकियो, जापानः अपराह्न ४ः४० बजे
नयाँ दिल्ली, भारतः अपरान्ह ५ः३७ बजे

प्ल्यानेटरी (ग्रहको) परेड “एक खगोलीय घटना हो जहाँ हाम्रो सौर्यमण्डलका धेरै ग्रहहरू रातको आकाशमा एकैसाथ देखिन्छन्, पृथ्वीबाट एकै समयमा देखिन्छन्, यसले तिनीहरू आकाशभरि एक प्रकारको ’परेड’ मा पङ्क्तिबद्ध छन् जस्तो देखिन्छ” भनि स्टार वाकले उल्लेख गरेको छ।

सम्बन्धित समाचार

सन् २०२५ को सुरुवातमै देखिनेछ ‘ग्रहहरूको परेड’, नेपालबाट हेर्न सकिने समय र मिति जान्नुहोस्

प्रकाशित: ५ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...