शेन्झाउ–१९ दलद्वारा अन्तरिक्ष स्टेशनमा नयाँ प्रयोगको सुरूवात

Technology Khabar १ माघ २०८१, मंगलवार

काठमाडौं ।

चीनको मानव अन्तरिक्ष एजेन्सीका (सिएमएसए) अनुसार टियाङगोङ अन्तरिक्ष स्टेशनको परिक्रमा गर्ने चीनको शेन्झाउ–१९ चालक दलले सन् २०२५ को सुरुदेखि नै विभिन्न प्रकारका परीक्षणहरू गरेको छ।

अन्तरिक्ष यात्रीहरूले रोबोटलाई सिमुलेटेड पाइपलाइन भित्र राखे। यसलाई अन गरे र रोबोटलाई सक्रिय गर्न टास्क बटन थिचे। निरीक्षण पूरा गरेपछि, रोबोट पाइपलाइन प्रवेशद्वारमा फर्कियो, जहाँ अन्तरिक्ष यात्रीहरूले यसलाई पुनः प्राप्त गरे।

उक्त प्रयोगले विभिन्न जटिल पाइपलाइन र रोबोटको डिजाइनसहित प्रमुख प्रविधिहरू प्रमाणित गरेको सिएमएसएले जनाएको छ।

यसैबीच, अन्तरिक्ष चिकित्सा प्रयोग सञ्चालन गर्न, चालक दलले इलेक्ट्रोएन्सेफ्लोग्राफी उपकरण र सफ्टवेयर प्रयोग गरी धेरै परीक्षणहरू गर्न प्रयोग गरेको छ।

सिएमएसएका अनुसार, सङ्कलन गरिएको डाटाले भू–आधारित अन्वेषकलाई दृश्य गति प्रशोधनमा गुरुत्वाकर्षणको प्रभाव र अन्तरिक्ष उडानहरूमा अवरोध नियन्त्रण गर्न मद्दत गर्नेछ ।

टोलीले प्लान्टार प्रेसर र संयुक्त किनेमेटिक्समा डेटा सङ्कलन गर्न विभिन्न उपकरणहरू प्रयोग गर्यो।

अन्तरिक्ष यात्रीहरूले तिनीहरूका गतिविधि ट्र्याक गर्ने उपकरणहरू लगाउँछन्। चालक दलले जमीनमा आधारित अन्वेषकहरूसँगको सहकार्यमा ड्रिल सञ्चालन गर्यो। ड्रिलले अन्तरिक्ष यात्रीहरूको आपतकालीन अवस्थासँग लड्न तथा अन्तरिक्ष र ग्राउन्ड टोली बीचको समन्वयमा सुधार गरेको छ।

चीनले गत वर्ष अक्टोबर ३० मा तीन जना अन्तरिक्ष यात्री काई जुझे, सोङ लिङ्डोङ र वाङ हाओजेलाई छ महिनाको अन्तरिक्ष केन्द्रको परिक्रमा गर्नका लागि शेन्झाउ–१९ चालक दलको अन्तरिक्षयान प्रक्षेपण गरेको थियो। रासस/सिन्ह्वा

प्रकाशित: १ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया