Technology Khabar २ माघ २०८१, बुधबार
काठमाडौं ।
हालै एउटा विशाल क्षुद्रग्रह पृथ्वीको नजिकबाट सुरक्षित रूपमा पार भएको छ तर यो पृथ्वीसँग ठोक्किन भने पाएन। साथै यसले हाम्रो ग्रहसँगको सम्बन्ध समाप्त गरेको छैन।
यो सप्ताहान्तमा पहाडजत्रो यो अन्तरिक्ष चट्टान दुर्लभरुपम दशकमा एक पटक देखिने घटनामा आफ्नो चमकको उच्चतम विन्दुमा पुगेको बताइएको छ। यसलाई घरमै सामान्य स्टारगेजिङ दूरबिनबाट वा निःशुल्क प्रत्यक्ष प्रसारणमार्फत अवलोकन गरिएको थियो।
नासाको जेट प्रोपल्सन ल्याबोरेटरीका अनुसार ८८७ अलिण्डा नामक यो पृथ्वी नजिकको क्षुद्रग्रह करिब २.६ माइल (४.२ किलोमिटर) चौडा छ जुन म्यानहटनको चौडाइजत्रै हो।
गत बुधबार (जनवरी ८) यो ठूलो अन्तरिक्ष चट्टान दशकमै पहिलो पटक पृथ्वीको सबैभन्दा नजिक पुगेको थियो।
यो पृथ्वीबाट ७.६ मिलियन माइल (१२.३ मिलियन किलोमिटर) टाढा, अर्थात् पृथ्वी र चन्द्रमाको औसत दूरीको ३२ गुणा टाढा पुग्यो। अलिण्डा अर्को पटक २०८७ सम्म पृथ्वीको यति नजिक पुग्ने अनुमान गरिएको छैन।
यत्रो ठूलो क्षुद्रग्रह पृथ्वीमा ठोक्किएमा ठूलो विनाश निम्त्याउन सक्छ। तर, यसको ठूलो आकारकै कारण यो जिज्ञासु तारा अवलोकनकर्ताहरूका लागि उत्कृष्ट लक्ष्य पनि बन्न सक्छ।
आइतबार (जनवरी १२) अलिण्डाको चमक ९.४ परिमाणमा पुगेको थियो। यो नांगो आँखाले देख्न सकिने खालको उज्यालो छैन तर सामान्य स्टारगेजिङ दूरबिन वा राम्रो टेलिस्कोपले देख्न सकिने इटालीको भर्चुअल टेलिस्कोप प्रोजेक्ट चलाउने खगोलविद् जियाँलुका मासीले बताएका छन्।
क्षुद्रग्रह जेमिनी तारामण्डलको माध्यमबाट चलिरहेको देखिनेछ। स्काईवाचिङ रिपोर्टर जेमी कार्टरका अनुसार यो तारामण्डल उत्तरी गोलार्धमा साँझपख देखिन्छ र रातभर देखि नै रहन्छ।
उपकरण नहुनेले पनि मासी र भर्चुअल टेलिस्कोप परियोजनाले अलिन्डाको उज्यालो उडानको जनवरी १२ मा दिउँसो १२:३० बजे ईएसटीमा गरेको निःशुल्क प्रत्यक्ष प्रसारणमार्फत् यसलाई हेर्न भ्याए। यसलाई परियोजनाको आधिकारिक युट्युब पेजमा वा तलको भिडियोमा हेर्न सकिने लाइभसाइन्सले उल्लेख गरेको छ।
यति ठूलो वस्तु पृथ्वीको यति नजिकबाट गुज्रनु दुर्लभ मानिन्छ। मासीका अनुसार यस्तो घटना दशकमा एक पटक मात्र हुन्छ। अलिण्डा सन् २२ सय सम्म पृथ्वीबाट ९.३ मिलियन माइल (१५ मिलियन किलोमिटर) भित्रबाट पार गर्ने पाँच ठूला क्षुद्रग्रहहरूमध्ये एक हो।
भाग्यवश अलिण्डा वा अन्य कुनै ज्ञात क्षुद्रग्रहले कम्तिमा अर्को एक शताब्दीका लागि पृथ्वीमा कुनै खतरा नपुर्याउने पक्का रहेको नासाले बताएको छ। तर अन्तरिक्ष एजेन्सीहरूले “ग्रह-विनाशक” क्षुद्रग्रहहरूको खतरा गम्भीर रूपमा लिन्छन् र हाल विभिन्न ग्रहीय रक्षा योजनाहरू परीक्षण गर्दैछन्।
लाइभसाइन्सका अनुसार नासाको हालैको डबल एस्टेरोइड रिडिरेक्शन टेस्ट (डीएआरटी) अभियानले एउटा अन्तरिक्ष यान ठोक्काएर ठूलो क्षुद्रग्रहको दिशा बदल्न सम्भव रहेको प्रमाणित गरेको छ।
तर वास्तवमै पृथ्वीलाई कुनै खतरनाक क्षुद्रग्रहबाट जोगाउन सयौं रकेट एकसाथ प्रहार गर्नुपर्नेछ, जसका लागि वर्षौँदेखि दशकौँसम्मको अग्रिम तयारी आवश्यक पर्ने लाइभसाइन्सले रिपोर्ट गरेको छ। यसैबीच चीनले पनि २०३० सम्म आफ्नै क्षुद्रग्रह विक्षेपन अभियान सुरु गर्ने योजना बनाएको छ।
यदि उज्यालो क्षुद्रग्रहहरूले तपाईंलाई आकर्षित गर्दैनन् भने यो महिना अरू रोमाञ्चक तारा अवलोकन अवसरहरू पनि उपलब्ध छन्।
यी ग्रहहरू फेब्रुअरीभरि आकाशमा देखिनेछन्। मार्चको सुरुतिर बुध ग्रह पनि यो ग्रह परेडमा सहभागी हुनेछ।
प्रकाशित: २ माघ २०८१, बुधबार