Technology Khabar २९ पुष २०८१, सोमबार
काठमाडौं ।
आगामी आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सको चारवटै क्यामराहरू (तीनवटा पछाडि, एउटा अगाडि) बारे जानकारी साझा हुने भएको छ। चीनको डिजिटल च्याट स्टेशनबाट आएको नयाँ लीक अनुसार सेल्फी क्यामरालाई २४ मेगापिक्सेलमा अपग्रेड गरिने भएको छ।
पछाडिको भागमा ४८ मेगापिक्सेलको मुख्य क्यामरा हुनेछ जसमा १/१.३ इन्च प्रकारको सेन्सर, ४८ मेगापिक्सेलको अल्ट्रावाइड र ५× अप्टिकल जुम भएको ४८ मेगापिक्सेलको पेरिस्कोप टेलिफोटो क्यामरा प्रयोग हुने उल्लेख गरिएको छ।
आईफोन १६ प्रो र प्रो म्याक्सको तुलनामा आगामी आईफोन १७ प्रो र आईफोन १७ प्रो म्याक्सको मुख्य क्यामरा सेन्सर अलिकति सानो हुनेछ भने पेरिस्कोप टेलिफोटो क्यामरा हाई (उच्च) रेजोलुसनको हुने उल्लेख छ।
त्यसैले यो सबै विवरणलाई नियाल्दा आईफोन १७ प्रो र प्रो म्याक्समा उनीहरूको पूर्ववर्तीहरूको तुलनामा कुनै पनि क्यामरा सुधारहरू हुने देखिएको छैन।
हालको प्रो प्रोटोटाइपहरूमा पहिलेको अफवाह जस्तै पछाडि होरिजोन्टल (तेर्सो) क्यामरा आइल्याण्ड हुने डिजिटल च्याट स्टेसनले थप नोट गरेको उल्लेख छ।
यद्यपि यी डिभाइसको डिजाइनलाई कथित रूपमा मार्चको वरिपरि अन्तिम रूप दिइने अर्का एक वेबो प्रयोगकर्ताले बताएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २९ पुष २०८१, सोमबार