रियलमी १४ प्रो प्लस चीनमा घोषणा

Technology Khabar २८ पुष २०८१, आईतवार

काठमाडौं ।

गत महिना आंशिक रूपमा घोषणा गरिएको रियलमी १४ प्रो प्लस को पूर्ण विवरण र मूल्य निर्धारण अहिलेसम्म नखुलाइकन राखिएको थियो। यो डिभाइसलाई जनवरी १६ मा हुने ग्लोबल लन्च इभेन्ट अघि रियलमी चीनको आधिकारिक अनलाइन स्टोरमा लिस्ट गरिएको उल्लेख छ।

रियलमी १४ प्रो प्लस मा २८०० × १२७२ पिक्सेल रेजोल्युसन र १२० हर्ज रिफ्रेस रेटसहितको ६.८३ इन्चको ओएलईडी डिस्प्ले रहेको छ। साथै प्यानललाई १,५०० निट्स पीक ब्राइटनेसमा रेट गरिएको र गोरिल्ला ग्लास ७आई प्रोटेक्सन रहेको उल्लेख गरिएको छ।

रियलमीले एउटा इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर र ३२ मेगापिक्सेलको सेल्फी क्यामरा पनि समावेश गरेको उल्लेख छ।

आईपी६८/आईपी६९ डस्ट(धुलो) र वाटर(पानी) रेसिस्टेन्ट (प्रतिरोधी) रियलमी १४ प्रो+ फोनको गिल्डेड ह्वाइट भेरियन्टमा टेम्प्रेचर–संवेदनशील रङ परिवर्तन गर्ने ब्याक प्यानल रहेको उल्लेख छ।

क्यामरा–केन्द्रित रियलमी १४ प्रो प्लस मा ५० मेगापिक्सेलको मुख्य र पेरिस्कोप क्यामराको साथमा ८ मेगापिक्सेलको अल्ट्रावाइड लेन्स रहेका छन्। डिभाइसको मुख्य शूटर एफ/१.८ एपर्चर र ओआईएस सँग १/१.५६–इन्च आईएमएक्स८९६ सेन्सर प्रयोग गर्ने २४एमएम बराबरको ५० मेगापिक्सेलको क्यामरा भएको बताइएको छ। यो २× इन–सेन्सर लसलेस जुम गर्न सक्षम भएको उल्लेख गरिएको छ।

त्यसैगरी ५० मेगापिक्सेल रेजोल्युसन र ओआईएस भएको १/२–इन्च आईएमएक्स८८२ सेन्सर प्रयोग गरीएको ३× पेरिस्कोप लेन्स थप प्रभावशाली शूटर भएको बताइएको छ।

रियलमीले “म्याजिकग्लो” नाम दिइएको ट्रिपल एलईडी फ्ल्यास सेटअप पनि समावेश गरेको उल्लेख छ। प्रत्येक एलईडीले फरक रङ्गको तापक्रम सुविधा दिङ्गे बताइएको छ, जुन क्यामरासँग मिलाएर शटहरूमा थप प्राकृतिक प्रकाश प्राप्त गर्न सघाउने उल्लेख गरिएको छ।

अन्य बाँकी विशेषतामा रियलमीले क्वालकमको स्न्यापड्रागन ७एस जेन ३ चिपको साथमा १२जीबी र्याम र २५६/५१२ जीबी स्टोरेज गरेको समावेश गरेको उल्लेख छ। डिभाइसमा ८०डब्ल्यू चार्जिङ सुविधा सहितको ठूलो ६,००० एमएएच ब्याट्री पनि रहेको बताइएको छ।

रियलमी १४ प्रो प्लस सी रक ग्रे र गिल्डेड ह्वाइट रङ्गहरूमा आउने बताइएको छ। चीनमा १२/२५६ जीबी ट्रिमको लागि २,५९९ चिनियाँ युआन (३५५ अमेरिकी डलर) बाट मूल्य सुरु हुने र १२/५१२ जीबी संस्करणको लागि २,७९९ चिनियाँ युआन (३८० अमेरिकी डलर) सम्म जाने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २८ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया