टीएसएमसीको चौथो त्रैमासको आम्दानी बजारको प्रक्षेपणभन्दा बढी

  • Technology Khabar | २८ पुष २०८१, आईतवार
टीएसएमसीको चौथो त्रैमासको आम्दानी बजारको प्रक्षेपणभन्दा बढी

काठमाडौं ।

विश्वको सबैभन्दा ठूलो कन्ट्र्याक्ट चिप निर्माता ताइवान सेमीकण्डक्टर म्यानुफ्याक्चरिङ कम्पनी टीएसएमसीले शुक्रबार चौथो त्रैमासिक राजस्व सार्वजनिक गरेको छ।

यो विवरणले अनुसार राजस्व बजार पूर्वानुमानलाई सजिलै पार गरेको छ र आफ्नो अपेक्षा अनुसारको नतिजा हासिल गरेको छ। यसको मुख्य कारण कृत्रिम बुद्धिमता अर्थात् एआई माग उच्च हुनु रहेको छ।

एप्पल तथा एनभिडियासमेत ग्राहक रहेका टीएसएमसीले एआईको प्रवृद्धिमा अगुवाइ गरिरहेको छ। यसले उपभोक्ता इलेक्ट्रोनिक्स जस्तै ट्याब्लेटको महामारी-सम्बन्धित मागमा आएको कमीलाई सामना गर्न सहयोग गरेको रोयटर्सले उल्लेख गरेको छ।

२०२४ को अक्टोबर-डिसेम्बरको अवधिमा आम्दानी ८६८. ४२ अर्ब ताइवानी डलर (२६.३६ अर्ब) रहेको थियो, जुन २३ जना विश्लेषकहरू रहेको एलएसईजी स्मार्टइस्टिमेट संस्थाले गरेको ८५३.५७ अर्ब ताइवानी डलर (२५.९०अर्ब डलर) को प्रक्षेपणको तुलनामा बढी हो।

यो आँकडा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३४.४ प्रतिशतले बढी हो। सन् २०२३ को सोही अवधिमा राजस्व आम्दानी १९.६२ अर्ब डलर रहेको थियो।

टीएसएमसीले मासिक आम्दानीको डाटा ताइवानी डलरमा मात्र दिने भए पनि त्रैमासिक आम्दानी र भविष्यको दृष्टिकोण भने त्रैमासिक आम्दानी कलमा अमेरिकी डलरमा दिन्छ।

अक्टोबरमा भएको पछिल्लो आम्दानी कलमा टीएसएमसीले चौथो त्रैमासिक राजस्व २६.१ अर्बदेखि २६.९ अर्ब डलरको दायरामा रहने अनुमान गरेको थियो। तर डिसेम्बर महिनाको लागि मात्रै टीएसएमसीले २७८.१६ अर्ब ताइवानी डलरमा ५७.८ प्रतिशत वार्षिक वृद्धि भएको रिपोर्ट गर्यो।

प्रकाशित: २८ पुष २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...