Technology Khabar २३ पुष २०८१, मंगलवार
काठमाडौं ।
ह्वावेले आफ्नो इन्जोय ७०एक्सको साथ चीनमा नवीनतम इन्जोय ७० सिरिज डिभाइस ल्याएको छ। यो आकर्षक स्लिक डिजाइन र ४०डब्ल्यू वायर्ड चार्जिङलाई समर्थन गर्ने ६,१०० एमएएच ब्याट्री सहितको मिडरेन्ज डिभाइस हो।
इन्जोय ७०एक्स एफएचडी प्लस रेजोल्युसन र १२० हर्ज रिफ्रेस रेटको साथ कर्भ्ड ६.७८–इन्च ओएलईडी रहेको छ। साथै प्यानलमा ८ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा र इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानरको साथ पिल–आकारको नच रहेको छ।
ह्वावेले एक प्रोग्रामेबल “एक्स बटन” साइड ‘की’ थपेको छ जुन प्रायः प्रयोग हुने एपहरू, विजेटहरू वा सम्पर्कहरू लन्च गर्न प्रयोग गर्न सकिने बताइएको छ।
डिभाइसको पछाडिको भागमा १-१.५६ आरवाईवाईबी सेन्सर र २ मेगापिक्सेलको डेफ्थ हेल्परको साथ ५० मेगापिक्सेलको मुख्य क्यामरा रहेको छ।
डिभाइसको चिपसेटको बारेमा भने कुनै आधिकारिक जानकारी उपलब्ध नभएको उल्लेख गरिएको छ। भर्खरको गीकबेन्च सूचीको आधारमा, इन्जोय ७०एक्समा नयाँ किरिन ८०००ए फाइभजी समावेश गरिएको अनुमान गरिएको छ।
८०००ए फाइभजीमा १.८४गीगाहर्जमा क्लक भएको ३× कोर र २.१९गीगाहर्जमा क्लक भएको ३ कोरको साथमा ६–कोर सीपीयू फिचर गरिएको बताइएको छ। सीपीयू माली–जी६१० जीपीयू र ८जीबी र्यामसँग जोडिएको उल्लेख गरिएको छ। गीकबेन्च परिणामहरूमा आधारित, किरिन ८०००ए फाइभजीले स्न्यापड्रागन ६९५–लेभल प्रदर्शन प्रदान गर्नेछ।
अर्को उल्लेखनीय विशेषता भनेको इन्जोय ७०एक्सले चीनमा बेइडो स्याटेलाइट कनेक्टिभिटिलाई एसएमएस टेक्स्ट मेसेजेज र तस्बिरहरू पठाउन र प्राप्त गर्ने क्षमतालाई समर्थन गर्ने उल्लखे गरिएको छ। त्यसैगरी सफ्टवेयर पक्ष हार्मनीओएस४.२ द्वारा कभर गरिएको उल्लेख छ।
ह्वावे इन्जोय ७०एक्स गोल्ड ब्ल्याक, स्नो ह्वाइट, लेक ब्लू र स्प्रस ग्रीन रङ्गहरूमा आएका छन्। त्यसैगरी १२८जीबी ट्रिमको लागि१,७९९ चिनियाँ युआन (२४६ अमेरिकी डलर) बाट मूल्य सुरु हुन्छ भने ५१२जीबी संस्करणको लागि २,२९९ चिनियाँ युआन (३१४ अमेरिकी डलर) सम्म जाने उल्लेख गरिएको छ।
नयाँ डिभाइस ह्वावेको आधिकारिक अनलाइन स्टोरबाट चीनमा रिजर्भेसन ग सकिने छ भने यसको डेलिभरी जनवरी १० को लागि निर्धारित गरिएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: २३ पुष २०८१, मंगलवार