दशैँको अग्रिम टिकट अनलाइनबाटै बुक गर्न सकिने, बससेवा डटकममा अग्रिम बुकिङ खुला

Technology Khabar १० आश्विन २०७५, बुधबार

काठमाडौं ।

काठमाडौं । अब दशैंको टिकट किन्नका लागि बसपार्कमा लामो लाइन बस्न नपर्ने भएको छ । अनलाइनबाट बस टिकट काट्न सकिने सेवा प्रदान गर्दै आएको बससेवा डटकममा(www.bussewa.com) दशैँको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

बुकिङ खुला भएसँगै अबदेखि यात्रुहरूले अनलाइनबाटै दशैँको अग्रिम टिकट बुकिङ गर्न सक्ने कम्पनीले जानकारी दिएको छ । साथै दशैँमा गएका यात्रुहरूले फर्कनका लागि पनि बससेवाबाटै टिकट काट्न सक्नेछन् ।

बससेवाबाट नेपालका अधिकांश रूटहरूका टिकट काट्न सकिन्छ । यात्रुहरूले बससेवा डटकम, तथा बससेवाको मोबाईल एप्लिकेशनबाट टिकट बुकिङ गर्न सक्नेछन् ।

यातायात व्यवसायीसँगको छलफलपछि अनलाइनबाट बुकिङ सुरू गरिएको बससेवा डटकमका प्रमुख कार्यकारी अधिकृत पि.आर खनालले बताए ।

‘हामीले विभिन्न गन्तव्यका लागि यातायात व्यवसायीसँगको सहकार्यमा अनलाइनमाबाट बुकिङ गर्न सकिने व्यवस्था मिलाएका छौँ, यात्रुहरूले खालि सिट हेरेर बुकिङ गर्न सक्नुहुनेछ,’ उनले भने ।

इसेवा एकाउन्ट भएका ग्राहकले सिधै आफ्नो मोबाईल तथा इन्टरनेटबाट टिकट काट्न सकिनेछ भने इसेवा एकाउन्ट नभएका ग्राहकले नजिकै रहेको इसेवा जोन तथा पोन्इन्टबाट टिकट काट्न सक्नेछन् । मुलुकभर इसेवाका ३५ हजार भन्दा बढि जोन पोइन्ट रहेका छन् । साथै इप्रभु, इनेट पेमेन्ट लगायतका पेमेन्ट गेटवेबाट समेत टिकट काट्न सकिने कम्पनीले जानकारी दियो ।

बससेवामा करिब सय वटा यातायात समिति तथा कम्पनी आबद्ध रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित: १० आश्विन २०७५, बुधबार

तपाइको प्रतिक्रिया