चीनद्वारा डाटा उद्योगको उच्च गुणस्तरको विकासलाई प्रवद्र्धन गर्न आह्वान

  • Technology Khabar | १७ पुष २०८१, बुधबार
चीनद्वारा डाटा उद्योगको उच्च गुणस्तरको विकासलाई प्रवद्र्धन गर्न आह्वान

काठमाडौं ।

चीनले आफ्नो डाटा उद्योगमा उच्च गुणस्तरको विकासलाई प्रवद्र्धन गर्न उपायहरू अवलम्बन गर्नेछ।

राष्ट्रिय विकास तथा सुधार आयोग र अन्य पाँच सरकारी विभागले जारी गरेको निर्देशिका अनुसार डाटा उद्यमहरूको विकासलाई बढावा दिन बलियो सहयोग प्रदान गर्न अनिवार्य छ।

सन् २०२९ सम्म, उद्योगले १५ प्रतिशत भन्दा बढीको औसत चक्रवृद्धि वार्षिक वृद्धि दर हासिल गर्ने अपेक्षा गरिएको छ। यसले डाटा उत्पादन तथा सेवाहरू आपूर्ति गर्ने क्षमतामा उल्लेखनीय सुधार हुनेछ।

यसमा सक्रिय रूपमा क्लाउड–एज–टर्मिनल सहयोगी कम्प्युटिङ, रियल–टाइम क्रस–डोमेन डाटा भण्डारण कार्यलाई पनि समावेश गरिएको छ।

साथै, यसले पूर्वाधार समर्थनलाई सुदृढ गर्न, डाटा पूर्वाधारको जडान प्रवद्र्धन गर्न र राष्ट्रव्यापी एकीकृत कम्प्युटिङ पावर प्रणाली निर्माण गर्ने आवश्यकतालाई पनि जोड दिन्छ। रासस/सिन्ह्वा

प्रकाशित: १७ पुष २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार